News Portal

विमान दुर्घटनामा दुई जनाको उद्धार, बाँकीको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ।

संगीता गुरुङ
३७५ पटक

सोल – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ। योन्ह्याप समाचार संस्थाका अनुसार जीवित उद्धार गरिएका दुईमध्ये एक जना यात्रु र एक जना चालक दलका सदस्य रहेका छन्।

बैंककबाट दक्षिण कोरिया फर्किंदै गरेको उक्त विमान अवतरणका क्रममा ल्यान्डिङ गियरमा समस्या आएपछि दुर्घटनामा परेको हो। विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र ६ चालक दलका सदस्य थिए।

यसअघि मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको बताइए पनि अन्यको अवस्था गम्भीर रहेकोले जीवित भेटिने सम्भावना न्यून रहेको अधिकारीहरूले जनाएका छन्। उद्धार र खोजी कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...