News Portal

विमान दुर्घटनामा दुई जनाको उद्धार, बाँकीको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ।

संगीता गुरुङ
३०७ पटक

सोल – दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको जेजु एयरको विमान दुर्घटनामा दुई जना जीवित उद्धार गरिएको छ भने बाँकीको मृत्यु भएको आशङ्का गरिएको छ। योन्ह्याप समाचार संस्थाका अनुसार जीवित उद्धार गरिएका दुईमध्ये एक जना यात्रु र एक जना चालक दलका सदस्य रहेका छन्।

बैंककबाट दक्षिण कोरिया फर्किंदै गरेको उक्त विमान अवतरणका क्रममा ल्यान्डिङ गियरमा समस्या आएपछि दुर्घटनामा परेको हो। विमानमा १८१ जना सवार थिए, जसमा १७५ यात्रु र ६ चालक दलका सदस्य थिए।

यसअघि मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको बताइए पनि अन्यको अवस्था गम्भीर रहेकोले जीवित भेटिने सम्भावना न्यून रहेको अधिकारीहरूले जनाएका छन्। उद्धार र खोजी कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...