News Portal

अछाम: कमलबजार विमानस्थलको परीक्षण उडान सम्पन्न, मन्त्री पाण्डेद्वारा उद्‌घाटन

हिमालीसंचार संवाददाता
२७२ पटक

अछाम,१३ पौष । अछामको कमलबजार विमानस्थलमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको जहाज सुरक्षित रूपमा अवतरण गर्दै परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको हो । ऐतिहासिक उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। परीक्षण उडानका लागि क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू पनि जहाजमा सवार थिए। उडानपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शनिबार नै विमानस्थल उद्‌घाटन गर्नुभएको छ ।

२०४९ सालमा निर्माण सुरू गरिएको कमलबजार विमानस्थल २०५८ सालमा सम्पन्न भई सञ्चालनको तयारीमा थियो । तर तत्कालीन विद्रोही माओवादीले रिपिटर टावर ध्वस्त बनाएपछि परीक्षण उडान समेत भर्न नपाउँदै विमानस्थल बन्द भएको थियो । यसपछि एकैपटक विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।

परीक्षण उडान सफल भएपछि स्थानीयवासीले यसलाई आफ्नो दशकौं लामो सपना साकार भएको बताएका छन् । जिल्लाका लागि ऐतिहासिक दिन भएकाे भन्दै त्यस क्षेत्रका नागरिक हवाई यातायातको पहुँचमा आउने भएपछि स्थानीयहरु खुसी भएका छन। परीक्षण उडान सफल भएसँगै कमलबजार विमानस्थलमा छिट्टै नियमित हवाई सेवा सुरु हुनुपर्ने स्थानीयको भनाई छ । नियमित हवाई सेवाले अछाम र आसपासका क्षेत्रलाई देशको मुख्य सञ्जालसँग जोड्नेछ भने दुर्गम क्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भिडियो रिपोर्ट :-

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...