News Portal

रवि लामिछाने सहित चारजना बयानको लागि अदालतमा

रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ।

संगीता गुरुङ
४१५ पटक

पोखरा – सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ। उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा लगिएको हो।

सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलनको आरोपमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार दर्ता गरेको थियो। हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीलाको बयान चलिरहेको छ। लीलाको बयानपछि रविको प्रक्रिया सुरु हुने बताइएको छ।

मुद्दामा व्यक्ति र कम्पनीसहित ६३ जना प्रतिवादी छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...