News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हाइटीमा गोली प्रहार: दुई पत्रकारसहित तीन जनाको मृत्यु

    क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

    संगीता गुरुङ
    ९१ पटक

    १० पुस, काठमाडौं। क्यारेबियन देश हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा गोली चल्दा दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ।

    देशकै ठूलो सरकारी अस्पताल पुनः खोल्ने विषयमा आयोजित पत्रकार सम्मेलनमा गोली चलेको हो। उक्त अस्पताल हिंस्रक समूहले कब्जा गरेको थियो।

    पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रीको उपस्थिति अपेक्षित थियो। तर, ११ बजेसम्म पनि नआउँदा प्रतीक्षारत पत्रकारहरु बीच गोली प्रहार भएको हो। आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ।

    स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल (जनरल अस्पताल) मा हिंस्रक गिरोहको दबदबा बढेपछि गत मार्च देखि अस्पताल बन्द थियो।

    यसअघि पनि हाइटीमा हिंसाका कारण अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपरेको थियो। हाल देश द्वन्द्वग्रस्त स्थितिमा छ।

    प्रतिकृया दिनुहोस्

    इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि...

    थुनछेक बहस अन्तिम चरणमा, निषेधित क्षेत्रमा कडा निगरानी

    पुस २४, कास्की — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीको थुनछेक बहस अन्तिम चरणमा पुगेसँगै पोखराको...

    सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

    अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको...

    आज सुनको मूल्यमा वृद्धि

    २४ पुस, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ। नेपाल...

    रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

    काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस...