News Portal

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ।

हिमालीसंचार संवाददाता
२९९ पटक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ। नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि सबै उडान रोकिएको हो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबारसम्म उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन प्रतिस्थापनका लागि अर्डर गरिएको छ। “इन्जिन डेलिभरीका लागि टेन्डर प्रक्रियाअनुसार ४५ दिनभित्र आइपुग्नेछ,” पौडेलले भने।

हाल निगमसँग दुई ट्विनअटर जहाज छन्, जसमध्ये एउटा गत जेठदेखि ग्राउन्डेड अवस्थामा छ भने अर्कोको उडान आवर सकिएपछि हाललाई उडान ठप्प भएको हो। नयाँ इन्जिन जडान भएपछि मात्रै आन्तरिक उडान पुनः सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...