News Portal

  • बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अवस्था गम्भीर

    कैलालीको भजनी नगरपालिकामा ३० वर्षीया महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ।

    संगीता गुरुङ
    १५४ पटक

    धनगढी – कैलालीको भजनी नगरपालिकामा ३० वर्षीया महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ। पुस ४ गते दिउँसो गाउँलेहरूको समूहले उनलाई घरबाट तानेर निर्घात कुटपिट गरेको थियो।

    अचेत अवस्थामै उनलाई स्थानीय स्वास्थ्य केन्द्र लगिए पनि अवस्था गम्भीर भएपछि धनगढी


    स्थित नवजीवन अस्पतालमा सघन उपचार कक्षमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार कुटपिटले मांसपेशीमा गम्भीर क्षति पुर्याएको छ र उनको स्वास्थ्य सुधारको लागि अझै निगरानी आवश्यक छ।

    पीडितकी आमाका अनुसार गाउँका भलमन्सा र गुरुबाको आदेशमा कुटपिट गरिएको हो। यसअघि पनि उनलाई बोक्सी भन्दै कुटपिट गरिएको थियो। गाउँलेहरूले जबर्जस्ती ‘म बोक्सी हुँ’ भन्न लगाउन खोज्दा अस्वीकार गर्दा कुटपिट भएको उनले बताइन्।

    घटना पछि पीडितका परिवारले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले चार जनालाई पक्राउ गरे पनि दुई जना अझै फरार रहेको जनाएको छ।

    घटनाबारे महिला अधिकारवादी संघसंस्थाहरूले पीडितको स्वास्थ्य उपचार र दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन् भने थारु कल्याणकारिणी सभा र महिला पुनर्स्थापना केन्द्रले पीडितलाई सम्मानपूर्वक जीवनयापनको प्रत्याभूति गराउन राज्यलाई आग्रह गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...