News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल औषधि व्यवसायी संघद्वारा रंगेलीमा अन्तक्र्रिया सम्पन्न

    नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    रबिन्द्र बराल
    ७९ पटक

    रंगेली, पुस ९ – नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, जहदा गाउँपालिका, र कटहटी गाउँपालिकाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली थिइन्। अन्य अतिथिहरूमध्ये महानन्द मण्डल, रूपेश मण्डल, वडा सदस्य अनिल महतो, अरुण ब्राह्मण, NCDA महासचिव, मोरङ अध्यक्ष देशबन्धु ढकाल, शिशुपाल यादव, अरविन मण्डल, नरेश मण्डल लगायतको उपस्थिति थियो।

    कार्यक्रमका क्रममा सहभागी व्यवसायीहरूले खुला सिमानाका कारण लागुऔषध नेपाल भित्रिने समस्या गम्भीर बनेको औंल्याए। भारतबाट आउने युवाहरूको चेकजाँच कमजोर हुँदा नेपाल भित्र लागुऔषध तस्करी बढेको व्यवसायीहरूले बताए।

    प्रमुख अतिथि पराजुलीले औषधि व्यवसायीहरूले डाक्टरको पुर्जाअनुसार मात्र औषधि दिनुपर्नेमा जोड दिइन्। साथै, व्यवसाय दर्ता गरी कानुनीरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्।

    मोरङ अध्यक्ष देशबन्धु ढकालले केही व्यक्तिका गलत गतिविधिका कारण औषधि व्यवसाय बदनाम भएको भन्दै व्यवसायीहरूलाई सचेत रहन आग्रह गरे। कार्यक्रममा लागुऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरू बीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...

    बिराट आँखा द्वारा एक दिने शिविर सम्पन्न

    मोरङ, जेठ २ – रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा बिहीबार एक कार्यक्रम आयोजना गरी एक...