News Portal

नेपाल औषधि व्यवसायी संघद्वारा रंगेलीमा अन्तक्र्रिया सम्पन्न

नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ।

रबिन्द्र बराल
३१५ पटक

रंगेली, पुस ९ – नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, जहदा गाउँपालिका, र कटहटी गाउँपालिकाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाकी उपमेयर भुमा पराजुली थिइन्। अन्य अतिथिहरूमध्ये महानन्द मण्डल, रूपेश मण्डल, वडा सदस्य अनिल महतो, अरुण ब्राह्मण, NCDA महासचिव, मोरङ अध्यक्ष देशबन्धु ढकाल, शिशुपाल यादव, अरविन मण्डल, नरेश मण्डल लगायतको उपस्थिति थियो।

कार्यक्रमका क्रममा सहभागी व्यवसायीहरूले खुला सिमानाका कारण लागुऔषध नेपाल भित्रिने समस्या गम्भीर बनेको औंल्याए। भारतबाट आउने युवाहरूको चेकजाँच कमजोर हुँदा नेपाल भित्र लागुऔषध तस्करी बढेको व्यवसायीहरूले बताए।

प्रमुख अतिथि पराजुलीले औषधि व्यवसायीहरूले डाक्टरको पुर्जाअनुसार मात्र औषधि दिनुपर्नेमा जोड दिइन्। साथै, व्यवसाय दर्ता गरी कानुनीरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइन्।

मोरङ अध्यक्ष देशबन्धु ढकालले केही व्यक्तिका गलत गतिविधिका कारण औषधि व्यवसाय बदनाम भएको भन्दै व्यवसायीहरूलाई सचेत रहन आग्रह गरे। कार्यक्रममा लागुऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरू बीच सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...