आज : २०२६-०९-३०, बुधबार

बत्तीसपुतलीको मिराज होटलमा प्रहरी छापा, जुवा खेलिरहेका १३ व्यापारी पक्राउ

काठमाडौं– राजधानीको बत्तीसपुतलीस्थित मिराज होटलमा प्रहरीले छापा मारेको छ । होटलमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मार्ने क्रममा १३ जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार राती ‘जुवा अप्रेशन’ का क्रममा १३ जना जुवाडेलाई रंगेहात पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख (डिएसपी) सुनिल मल्लले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा अधिकांश मारवाडी समुदायका छन् ।

प्रहरीले जुवा खालबाट ७ लाख ६१ हजार  नेपाली रुपैयाँ र १ हजार १ सय ८० भारतिय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जुवा मुद्धामा जिल्ला प्रशासन कार्यालय काठमाडौ.बाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले रातोपाटीलाई जानकारी दिए ।