News Portal

धनपालथानका दिपेन्द्र ब्राउन सुगरसहित पक्राउ

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक र लागुऔषध ब्युरो टोली विराटनगरबाट खटिएको विशेष टोलीले चेकजाँच गर्ने क्रममा दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

रबिन्द्र बराल
२३४ पटक

मोरङ, पुस ८ – मोरङको धनपालथान गाउँपालिका-४ ललियाधारको भित्री सडक खण्डबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्का र लागुऔषध ब्युरो टोली विराटनगरबाट खटिएको विशेष टोलीले आइतबार दिउँसो ४ बजे चेकजाँच गर्ने क्रममा धनपालथान-३ सोर्हभाग बस्ने ३५ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

मण्डलको साथबाट २८ ग्राम १८० मिलिग्राम र २५ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि गरिएको घर खानतलासीबाट ३८ ग्राम ८३० मिलिग्राम र प्लास्टिक बाहेक ३५ ग्राम १०० मिलिग्राम लागुऔषध बरामद भएको हो।

प्रहरीले कूल ६० ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित डिजिटल तराजु पनि बरामद गरेको छ। दिपेन्द्रलाई लागुऔषध ओसारपसार तथा बिक्री-वितरण सम्बन्धी मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...