News Portal

ऐतिहासिक चुरियामाई सुरुङ अब पर्यटकीय गन्तव्य

दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरि सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने छ।

Sangeeta Gurung
३३० पटक

८ पुस, हेटौंडा — दक्षिण एसियाकै पहिलो मानिएको मकवानपुरको चुरियामाई सुरुङमार्ग आज हेटौंडा उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको छ। सुरुङलाई पर्यटकीय स्थलका रूपमा सञ्चालन गरिने उपमहानगरले जनाएको छ।

बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले पुनर्निर्माण सम्पन्न भएको एक वर्षपछि हस्तान्तरण गरेको हो। नेपाली पर्यटकलाई ५० रुपैयाँ, विदेशीलाई १२० रुपैयाँ, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। पाँच वर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक, र अपांग व्यक्तिलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ।

वि.सं. १९७४ मा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको करिब ५ सय मिटर लामो यो ऐतिहासिक सुरुङमार्गको पुनर्निर्माणका लागि ३ करोड ३६ लाख १३ हजार रुपैयाँ खर्च भएको थियो।

उपमहानगरले सुरुङको संरक्षण र मर्मत प्रदेश सरकारको जिम्मेवारीमा रहने र कर संकलन उपमहानगरले गर्ने व्यवस्था मिलाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...