News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पुष ८ गते सोमबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ३६४ पटक

    आज मिति वि.सं.२०८१ पुष ८ गते सोमबार || सन् २०२४ डिसेम्बर २३ तारिख || नेपाल सम्बत ११४५ 

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित कार्यको क्रममा कुनै कीर्तिमानी काम सम्पादन हुन सक्ने योग परेको दिन छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्ने छन् ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । साहसका साथ सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    विशेष योजनाहरू बन्ने र योजनालाई अघि बढाउन सकिने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेकोले कर्मको भरपुर सन्तुष्टि प्राप्त होला । नयाँ ज्ञान सिक्ने मौका जुर्नसक्छ । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । वागबगैंचाको सजावट तथा कलात्मक कार्यप्रति आकर्षित होइएला । शुभता वृद्धि भइ सभा-समारोहमा मान पुरस्कार प्राप्त हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । शरीरमा आरोग्यता रहनेछ । आँट साहस पराक्रम बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दैनिक गरिआएको कामलाई निरन्तरता दिन सकिने छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्नेछन् । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कार्य गर्नुहोला । स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुने समय छ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने योग छ । आध्यात्मिक भाव वृद्धि होला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने दिन छ । आरोग्यपनले स्फूर्ति बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुख रहनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ भने भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । लगानी वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले समस्याको समाधान मिल्ने योग छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आजको मेहनत खेर जानेछैन । व्यवसायका लागि यात्रा हुनसक्छ । दाम्पत्यजीवन सुखद रहला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कर्मबल वृद्धिले उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजग रहनुहोला । खर्च वृद्धि हुनसक्ने योग छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, ध्यान राख्नुहोला । योजना र बजेट बनाएरमात्र नयाँ कार्यमा हात हाल्नु हितकर हुनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन मिश्रित फलदायी रहला । लगानी, दौडधुप, श्रम र विशेष प्रयत्नका बाबजुद फल भने सीमितमात्र मिल्ने समय छ । चिताएको काम पुरा नहुन सक्छ । कृषिकार्यमा खर्च बढ्ला । एकाएक उत्साहजनक समाचार प्राप्त भइ हर्ष बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने सकिनेछ । तार्किक क्षमता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    दिन शुभदायी छ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मित्रजनको विशेष सहयोग जुट्ने र धनलाभको योग छ । दामपत्यसुख बढ्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    साहस वृद्धि भएपनि आजको दिन निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका मिन्सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने हुँदा गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन देखिनसक्छ, सजग रही व्यवहार गर्नु उचित होला । आफन्तको साथ मिल्नेछ ।

    प्रतिकृया दिनुहोस्

    भन्सार प्रणालीमाथि प्रश्न: बारम्बार राजस्व छली, प्रहरी सतर्क–प्रशासन लापरवाह

    रूपन्देही, वैशाख ८ – कृष्णनगर भन्सार नाकाबाट नेपाल भित्रिने ट्रकहरूबाट पटक–पटक राजस्व छली भइरहँदा पनि...

    प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान...

    ताप्लेजुङमा गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गयो, दुई जना घाइते

    ताप्लेजुङ, वैशाख ८ — ताप्लेजुङस्थित पाथिभरा मन्दिर जाँदै गरेको एक यात्रुबाहक गाडीमा विद्युतको तार खस्दा...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको सुनुवाइ स्थगित

    काठमाडौं, वैशाख ८ – गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

    धोबिखोलामा स्कुटर खस्दा भाग्यले बच्यो चालक

    काठमाडौं, वैशाख ८ – काठमाडौंको सेतोपुल नजिक सोमबार दिउँसो एक स्कुटर अनियन्त्रित भई धोबिखोलामा खस्ने...