News Portal

पाटेबाघ मार्ने आरोपमा युवा पक्राउ

पाटेबाघ मार्ने उद्योगमा संलग्न रहेको आरोपमा नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरिएको छ।

Sangeeta Gurung
१८५ पटक

चितवन: पाटेबाघ मार्ने उद्योगमा संलग्न रहेको आरोपमा नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले आज पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार, तीनचुली सामुदायिक वनमा फेला परेका तार सहितको पासो र अनुसन्धानका क्रममा बाघको रौँ भेटिएको थियो। साथै, न्यौपानेको मोबाइलमा पासोमा परेको बाघको तस्बिर समेत प्राप्त भएको छ।

न्यौपाने विरुद्ध वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार मुद्दा दर्ता गरिएको छ। बाघ मार्ने पासो थाप्ने क्रममा गत कात्तिक २ मा बाघको आक्रमणबाट ६२ वर्षीय जीत बहादुर थिङको मृत्यु भएको थियो। सो घटनासँग जोडिएको सामान बरामद भएपछि न्यौपानेलाई कात्तिक २९ गते पक्राउ गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...