आज : २०२६-०७-०६, सोमबार

गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खसेछ” बजारमा (भिडियाेसहित)

काठमाडौं : गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खोसेछ” बोलको गीत सार्वजनिक भएको छ। गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालार्इ गायिका योजना पुरीले नयाँपनमा गाएकी छिन्।

उदयराज पौडेलको संगीत रहेको छ। भिडियोलार्इ दिपक आर्चयले निर्देशन गरेका हुन् भने हास्य कलाकार सितेबा र चन्द्रमुखीले अभिनय गरेका छन । चर्चित मोडल करिश्मा ढकाल र मोडल बिकाश लामिछाने छन् ।

सुमनसागर जङ्ग केसीको कोरियोग्राफी रहेको गीत फर्फिङमा सुटिङ गरिएको हो । गीतको म्युजिक भिडियोलाई सुरेश राउतको सम्पादनमा धुर्मुससुन्तली अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस गीतको पूरा भिडियो।

https://youtu.be/SrofGdrhzHQ