News Portal

पत्रकारहरू दलको प्रभावमा परेर समाचार लेख्छन् : उपसभामुख

हिमालीसंचार संवाददाता
४४५ पटक

काठमाडौँ। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुने बताइन्। उनले संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।

उनले भनिन्, ‘तपाईहरुले कस्तो सूचना दिँदा चाहिँ जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ। हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु सम्प्रेषण गर्नुपर्ने हुन्छ। राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको छ। अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आइसक्यो। पत्रकाहरूले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ।’

उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताइन्।

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...