News Portal

  • मोरङको रंगेलीका टेम्पु तथा सिटिसफारी चालकलाई दुर्घटना सम्बन्धि जनचेतना (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६९२ पटक

    रबिन्द्र बराल
    माेरङकाे रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलयले रंगेली बिराटनगर सडकमा गुडने टेप्पु र सिटिसफारी चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मूलक कार्यक्रमकाे अायाेजना गरेको छ । केहि महिना देखि हुलाकी राजमार्ग बिराटनगर रंगेली, डाईनियाँँ, कर्सिया लगायतका स्थान हरुमा टेम्पु दुर्धटना बडिरहेकाे हुनाले ईलाका प्रहरी कार्यलय रंगेलीले दुर्धटना नहुन दिनका लागि टेम्पु र सिटिसफारी चालकहरुलाई सवारी चलाउदा ध्यान दिनुपर्ने कुराकाे बारेमा जानकारी गराएका थिए ।

    चालकहरुले अहिले मदिरा सेवन गरेर बढि मात्रामा सवारी कुदाने गरेको र टेम्पु र सफारीमा क्षेमता भन्दा यात्रुहरु राखेर तिव्र गतिमा सवारी चलाउने र चालकले अाफु बस्ने सिटमा यात्रु राखेर सवारी चलाएकाे कारण दुर्धटना बढिरहेकाे निष्कर्ष निकालेकाे छ । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की, स्थानीय युवा सुर्जित दत्त, रंगेली ट्राफिक ईन्चार्ज, स्थानीय बुद्धिजीवीहरुकाे सहभागी रहेको थियोे ।

    प्रहरीले टेम्पु चालकलाई सवारी चलाउदा सवारी चालक अनुमतिपत्र, सवारीकाे कागजपत्र अनिवार्य रुपमा साथैमा राखेर सवारी चलाउन अाग्रह समेत गरेका छन । भने चालकले ट्राफिक नियम पालन गर्नुपर्ने, सवारी चलाउदा दायाँबायाँ हेर्ने, कुनै पनि साना तथा ठुलालाई फुल पिकपमा अाेभरटेक्य नगर्ने, सवारी चलाउदा सिमित रुपमा चलाउने जस्ता कुराकाे जानकारी गराएका थिए ।

    कार्कीले भने अब उपरान्त कुनै पनि चालकले मदिरा सेवन गरे वा नियम उल्ङगन गरे र सवारी चलाए कानुनी दायरामा ल्याएर कार्वाही गरिने समेत बताए । सवारी चालकहरुले पनि सवारी चलाउदा अाफुहरु सचेत भए र सवारी चलाउने प्रतिवध्यता समेत जनाएका छन ।

    भिडियो हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...