News Portal

डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्री ओलीसँग छैन भेटघाट तालिका

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन्।

भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने तय छैन।

राजनीतिक स्रोतका अनुसार आइतबार दिउँसो लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड दुवैलाई भेट्ने भएका हुन्।

प्रधानमन्त्री ओली भने यहीबेला गृहजिल्ला झापा उडेकाले लुसँग उनको भेट हुने छैन। ‘प्रधानमन्त्री उपत्यकाबाहिर हुनुुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘यसअघि नै तय भएका कार्यक्रमहरुको सिलसिलामा उहाँ बाहिर हुनुहुन्छ।’

यसअघि एमसिसीको अनुमोदन तथा स्टेट पार्टनरसिप प्रोग्रामलाई जोड दिन लु काठमाडौं आएकाबेला नेपाली नेतृत्वसँग चर्काचर्की परेको सूचना सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओली गृहजिल्ला पुग्नुलाई कतिपयले संयोगमात्रै नभई त्यही तिक्ततालाई दिइएको कुटनीतिक प्रतिक्रिया मानेका छन्।

अमेरिकी दूतावास स्रोतका अनुसार नागरिक समाज र युवा अन्तरकृया बाहेक उच्चस्तरीय भेट राखिएको छैन। दूतावासले लुको भ्रमण सूची सार्वजनिक गरेको छ, जहाँ प्रधानमन्त्रीलगायत नेताहरुको भेट कार्यक्रम सार्वजनिक छैन।

स्मरण रहोस्, लुभन्दा तल्लो श्रेणीका राजनीतिकर्मी अनि सरकारी अधिकारी नेपाल आउँदा पनि सामान्यतयाः प्रधानमन्त्रीलाई भेटिरहेका हुन्छन्। उच्च स्रोतका अनुसार लु र प्रधानमन्त्रीबीच भेट हुने सम्भावना निकै कम छ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ रहेकाले लुले भेट्ने छैनन्। परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यति बेला नेपाल बाहिर छिन्।

दक्षिण तथा मध्य एसिया हेर्ने मन्त्री लु यसअघि पटक पटक नेपाल आइसकेका उच्च अमेरिकी अधिकारी हुन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...