News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मंसिर २३ गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ५९८ पटक

    आज मिति वि.सं.२०८१ मंसिर २३ गते आईतबार || सन् २०२४ डिसेम्बर ८ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । अनुकूलता वृद्धि भइ चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने देखिन्छ । स्वादिष्ट भोजनमा मन रमाउला । आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना रहेकोले यसप्रति सचेत रही कर्म गर्नुहोला ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आजको दिन केही चुनौतीयुयुक्त रहला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने सम्भावना छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आज सक्दो मौनता अपनाइ दिन बिताउने प्रयत्न गर्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ । रचनात्मक कामले सफलता दिलाउला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, तर आजको दिन बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा कसैलाई वचन दिनु आफ्नै लागि प्रतिकुल हुन सक्छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । काममा अरुको भर नपर्नुहोला । शत्रुपक्ष परास्त हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । आज धनलाभको सम्भावना प्रवल छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । यात्रागत कार्य सार्थक रहला । साझेदारीको काम बन्नेछ । परिवारिक सुख वृद्धि होला । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने योग छ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । आज स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेकोले खानपान लगायतका विशेष सजगता अपनाउनु हितकर हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागात्म क्रियाकलापतर्फ मन आकर्षित रहने देखिन्छ । कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । तथापि, असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ । आम्दानीको स्रोत बिगार्नेहरू सक्रिय रहलान् । विशेष कर्मबाट सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ, धैर्यताका साथ कर्म गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । निकटका मित्रजनको सहयोग मिल्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    मिश्रित फलदायी दिन छ । ब्यस्तता बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् र प्रतिस्पर्धी परास्त हुनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ, तथापि अवसरको सही उपयोग गर्न नसक्दा महत्वपूर्ण लाभको अवसर गुम्न सक्छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने देखिन्छ । आरोग्यबल बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि पराक्रम र उत्साह बढ्नेछ । धन आर्जन गर्ने अवसर जुर्न सक्छ, चनाखो रही व्यवहार गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने विदेश भ्रमणका लागि गरेको प्रयत्न फलदायी रहला । आफन्तको साथ-सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आजको दिन काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । विशेष मेहनतले लाभ दिलाउला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्तिको योग रहेपनि निकट सहयोगीहरूबाट धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्ला । शत्रुमाथि विजयको योग छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    लाभ हुने काम प्रारम्भ गर्ने समय छ तर विशेष कार्यको योजनामा हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण हितकारी सावित हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला । यात्रा सफल रहनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम प्राप्तिको समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आत्मविश्वास बढ्नेछ, तर अनावश्यक वादविवादमा परिने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने दिन छ । तर, फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने देखिन्छ । कृषिकर्म र व्यावसायिक कामबाट फाइदा हुनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ला । व्यापारमा राम्रै फाइदा हुनेछ । आय वृद्धि हुनेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग रहला । विलासको भाव जागृत हुने समय छ ।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...