आज : २०२६-०७-०९, बिहीबार

A डिभिजन लिगमा आर्मीको पहिलो जित

काठमाडौं : सहिद स्मारक A डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

यसअघि लिगको पहिलो खेलमा आर्मीले एनआरटीसँग २-० को बराबरी खेलेको थियो । हलचोकमा भएको खेलमा आर्मीका विकास खवासले गोल गरे ।

उनले २७ औं मिनेटमा गोल गरेका हुन् । च्यासलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि गोल फर्काउन भने सकेन ।