News Portal

  • दक्षिण कोरियामा सैन्य कानुन लागु

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा सैन्य कानुन लागु भएको घोषणा गरेका हुन्।

    राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरुलाई हटाउन यो कदम आवश्यक रहेको बताएका छन्।

    साथै उनले सैन्य कानुनको सहारा लिनुबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गरे पनि यसका लागि कस्तो कदम अगाडि चालिने छ भन्ने विषयबारे बताएनन्।

    यसैबीच दक्षिण कोरियाको सत्तारुढ पार्टी र विपक्षी डेमोक्रेसी पार्टीले भने राष्ट्रपतिले गरेको घोषणाप्रति आपत्ति प्रकट गरेको छ। विपक्षी दलका नेता लि जाए म्युङले सैन्य कानुन लागु गर्ने घोषणालाई असंवैधानिक कदम भनेका छन्।

    यस्तै देशमा सैन्य कानुन लागु भएको घोषणासँगै सेनाले संसदको सबै गतिविधि निलम्बन भएको घोषणा गरेको छ।

    त्यहाँको नेसनल एसेम्बलीको भवनमा सांसदहरुलाई प्रवेशमा रोक लगाइएको छ भने संसद भवन बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...

    सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टा कार्यालयमै बस्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौ – लगातारको वर्षासँगै बढिरहेको बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले प्रभावित...

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...