News Portal

दक्षिण कोरियामा सैन्य कानुन लागु

हिमालीसंचार संवाददाता
४१५ पटक

कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा सैन्य कानुन लागु भएको घोषणा गरेका हुन्।

राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिस्ट शक्तिबाट देशलाई बचाउन र राज्य विरोधी तत्वहरुलाई हटाउन यो कदम आवश्यक रहेको बताएका छन्।

साथै उनले सैन्य कानुनको सहारा लिनुबाहेक अन्य कुनै विकल्प नभएको उल्लेख गरे पनि यसका लागि कस्तो कदम अगाडि चालिने छ भन्ने विषयबारे बताएनन्।

यसैबीच दक्षिण कोरियाको सत्तारुढ पार्टी र विपक्षी डेमोक्रेसी पार्टीले भने राष्ट्रपतिले गरेको घोषणाप्रति आपत्ति प्रकट गरेको छ। विपक्षी दलका नेता लि जाए म्युङले सैन्य कानुन लागु गर्ने घोषणालाई असंवैधानिक कदम भनेका छन्।

यस्तै देशमा सैन्य कानुन लागु भएको घोषणासँगै सेनाले संसदको सबै गतिविधि निलम्बन भएको घोषणा गरेको छ।

त्यहाँको नेसनल एसेम्बलीको भवनमा सांसदहरुलाई प्रवेशमा रोक लगाइएको छ भने संसद भवन बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...