News Portal

  • प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ मनाेनित

    हिमालीसंचार संवाददाता
    ५३७ पटक

    कुवेत – नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी जनवादी क्रान्ति सम्पन्न गर्ने, जनवादी व्यवस्थाको सुदृढीकरण मार्फत राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादी शासन व्यवस्था लागू गर्दै वैज्ञानिक साम्यवाद स्थापना गर्ने महान् उद्देश्य राखेर स्थापना भएको पार्टी अहिले विभिन्न देशमा संगठन व्यापक रूपमा विस्तार भइरहेको छ।

    त्यस उद्देश्यलाई कार्यान्वयनमा लान व्यापक रुपमा जनतालाई गोलबद्ध गर्दै समाजमा रहेका वर्गीय, जातीय, लैंगिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र आमजनता सुखी एवं समृद्ध भएको समाज स्थापना गर्ने लक्ष्य उद्देश्य राखेको थियो।

    पार्टीले सङ्घर्षका विभिन्न रूपहरू अवलम्बन गर्दै आफ्ना लक्ष्य उद्देश्य प्राप्त गर्ने ध्येयमा निरन्तर अगाडि बढ्दै आएको छ र राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका आम मुद्दाहरूमा नेतृत्व गर्दै परिवर्तनकारी आन्दोलनको अगुवाको रुपमा समेत स्थापित भएको छ।

    प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको सचिबालयको आज मिति २९/११/२०२४ का दिन फर्वानियामा बसेको सातौ पुर्ण बैठकबाट प्रबासी नेपाली एकता मन्च कुवेतको महिला उपाध्यक्ष तथा महिला सम्योजकमा चन्द्र माया गुरुङ र सङ्गठ्नको उपमहासचिवमा जाहूर हक सर्वसम्मत निर्वाचित गरिएको मन्चको अध्यक्ष युबराज गैरे बताए।

    कुराकानीकै क्रममा कमरेड युवराज गैरेले संगठन विस्तार गर्ने क्रम जारी रहेको र अझै संगठनलाई मजबुत बनाउन सबै कमरेडहरु लागिपरेको कुरा समेत बताए।

    प्रवासी नेपाली एकता मञ्च कुवेतले कुवेतमा विभिन्न समस्या परेका ४५ जनाको उद्धार समेत गरेको अध्यक्ष युवराज गैरेले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...