News Portal

मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
३४१ पटक

आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल संवत् ११४५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गर्न चाहेका काम-कसरा काम सुस्त गतिमा सम्पादन हुनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । पारिवारिक असमझदारी बढ्न सक्ने योग छ, विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कामबाट धनलाभ हुने तथा सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ तर व्यापार-व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । यात्रागत कार्य बन्ने योग छ । महत्वपूर्ण कार्यमा हात हाल्दैहुनुहुन्छ भने उचित समय छ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । इर्ष्या गर्नेहरूले चाहिँ केही दुःख दिन सक्छन्, सचेत रहनुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्ने योग छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउला । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मबल वृद्धि भइ आम्दानी बढाउने काम सुरु गर्न सकिने र राम्रै आयआर्जन हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सावधान रहनुहोला । आजको दिन अस्वस्थताले काममा ढिलासुस्ती हुने र अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ, प्रतिभाको कदर हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने समय छ । भूमि तथा कृषिकर्मबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । आरोग्यता रहनेछ भने रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ रहनुका साथै पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अरूको भर पर्दा धोका हुन सक्ने समय छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ भने सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । पढाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य विवाद पर्न सक्छ, बोली र व्यवहारमा सचेतना अपनाउनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आफू केही कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ काममा जुट्नु हितकर होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । केही प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । कतै मानसम्मानको योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः अघि बढाउने प्रयत्न गरे सफलता मिल्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । सामान्य खर्च बढ्ने देखिन्छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जोखिम बढेपनि व्यापार–व्यवसायमा लाभ हुने दिन छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सावधान रहनुहोला । खर्च केही बढ्न सक्छ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित होला । स्वास्थ्यमा सामान्य कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा खर्च हुने सम्भावना छ । तथापि, आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रचनात्मकता वृद्धि होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती वृद्धि हुनसक्छ । तथापि, नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । आफन्तको साथ मिल्नाले साहस बढ्नेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...