News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल संवत् ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    गर्न चाहेका काम-कसरा काम सुस्त गतिमा सम्पादन हुनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । पारिवारिक असमझदारी बढ्न सक्ने योग छ, विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर होला ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    सेवामूलक कामबाट धनलाभ हुने तथा सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ तर व्यापार-व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । यात्रागत कार्य बन्ने योग छ । महत्वपूर्ण कार्यमा हात हाल्दैहुनुहुन्छ भने उचित समय छ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । इर्ष्या गर्नेहरूले चाहिँ केही दुःख दिन सक्छन्, सचेत रहनुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्ने योग छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउला । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कर्मबल वृद्धि भइ आम्दानी बढाउने काम सुरु गर्न सकिने र राम्रै आयआर्जन हुने दिन छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सावधान रहनुहोला । आजको दिन अस्वस्थताले काममा ढिलासुस्ती हुने र अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ, प्रतिभाको कदर हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने समय छ । भूमि तथा कृषिकर्मबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । आरोग्यता रहनेछ भने रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनको साथ रहनुका साथै पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अरूको भर पर्दा धोका हुन सक्ने समय छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नु हितकर होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ भने सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । पढाइमा प्रगति होला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य विवाद पर्न सक्छ, बोली र व्यवहारमा सचेतना अपनाउनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन आफू केही कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ काममा जुट्नु हितकर होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । केही प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । कतै मानसम्मानको योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः अघि बढाउने प्रयत्न गरे सफलता मिल्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । सामान्य खर्च बढ्ने देखिन्छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    जोखिम बढेपनि व्यापार–व्यवसायमा लाभ हुने दिन छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सावधान रहनुहोला । खर्च केही बढ्न सक्छ । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खनु उचित होला । स्वास्थ्यमा सामान्य कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा खर्च हुने सम्भावना छ । तथापि, आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रचनात्मकता वृद्धि होला ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती वृद्धि हुनसक्छ । तथापि, नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । आफन्तको साथ मिल्नाले साहस बढ्नेछ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २०, २०८१ (अप्रिल २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान...

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक...

    पश्चिम बंगालमा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

    भारत, चैत्र १९ – पश्चिम बंगालस्थित दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा ग्यास सिलिण्डर विस्फोट हुँदा...

    सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

    काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग...