News Portal

प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन्।

उनले कम्बोडिया प्रकरण छानविनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन्। देशका प्रधानमन्त्री खड्ग प्रसाद ओलीजीलाई छानविन गरियोस्।

कम्बोडिया काण्डमा हत्कडी हालेर छानविन गर्नुपर्छ,’– उनले भने, ‘…त्यो भिडिओ एक जनाको मान्छेले सार्वजनिक गर्यो भन्ने विषय होईन। तपाईँ कम्बोडिया गएको मिति र हस्ताक्षर गरेको मिति एउटै छ। भोलि तपाईँ दोषी, निर्दोष के हो भन्ने अदालतले छानविन गर्ला। राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय छानविन समितिको आवश्यक्ता ठानेको छ।

उनले दुई तिहाइको सरकारको प्रधानमन्त्री सडकमा आएर जात्रा गरेको टिप्पणी गरे। नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रमप्रति टिप्पणी गर्दै उनले भने, सडकमा आएर नाटक देखाउनुहुन्छ। उहाँले कस्का लागि देखाएको हो त्यो नाटक ? प्रश्न गर्दै उनले भने, …कसका लागि सडकमा आएको ? किन सडकमा आएको ? के गर्न आएको ? जात्रा देखाउन र गिरीबन्धु टि स्टेट र कम्बोडियामा पैसा छैन भनेर जनतामा भ्रम छर्न सडकमा आएको हो ? राप्रपा त्यो पत्याउँदैन। संसद्मा जवाफ माग्छौं।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...