News Portal

मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
३३४ पटक

वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विभिन्न अवसर पाइने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने दिन छ । पारिवारिक भेटघाट होला । टाढिएका आफन्तहरू नजिकिनेछन । तथापि, बिल्कुल नयाँ कामको सुरुवात भने खासै राम्रो नहोला । प्रेमभाव बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पराक्रम बढ्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । सामाजिक काममा रुचि बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सघाउनेछ । तपाईंका सदासयी कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आरोग्यता रहनेछ । आर्थिक कार्यमा सफलता मिल्ने योग छ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आज विशेष योजनाहरू बन्न सक्छन्, ती योजनाले भविष्यमा सार्थकता पाउनेछ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाट हुने योग छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नियमित कामलाई निरन्तरता दिन सकिएपनि नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु उचित हुनेछ । पीडा दिनेहरु आजको दिन सक्रिय रहन सक्छन्, सावधान रही व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्य सबल रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हासिल हुने देखिन्छ । बाह्य दौडधुप नगरीकन विभिन्न काम सम्पादन गर्न सकिने समय छ । मित्रजनको साथ रहनेछ भने लगानी वृद्धिको सम्भावना छ । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । पशु व्यवसायबाट लाभ होला । आयबल बढ्नेछ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मबल वृद्धि हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले राम्रै सफलता दिलाउला । व्यवसायका लागि यात्राको सम्भावना छ । रसरागको भाव वृद्धि तथा दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । व्यापारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यक्तिगत तवरमा सामर्थ्य वृद्धि भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्नसक्ने समय छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला । खर्च वृद्धिको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दौडधुप वृद्धि हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने दिन छ, तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिलेको अनुभूति होला । चिताएको काम पुरा नहुन सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आश मारेको काम बन्नाले आजको दिन उत्साहपूर्ण रहन सक्छ । तार्किक क्षमता बढ्नेछ ।सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । रसरागमा आकर्षण रहला । सन्तानसुख बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । फाइदाजनक कार्यमा मन जाला । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन खासै उत्साहजनक नरहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिलेको अनुभूति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खासै राम्रो छैन । महत्वपूर्ण कार्यमा गोपनीयता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...