News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    २०६ पटक

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विभिन्न अवसर पाइने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने दिन छ । पारिवारिक भेटघाट होला । टाढिएका आफन्तहरू नजिकिनेछन । तथापि, बिल्कुल नयाँ कामको सुरुवात भने खासै राम्रो नहोला । प्रेमभाव बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पराक्रम बढ्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । सामाजिक काममा रुचि बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सघाउनेछ । तपाईंका सदासयी कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आरोग्यता रहनेछ । आर्थिक कार्यमा सफलता मिल्ने योग छ । परिवारिक सुख बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आज विशेष योजनाहरू बन्न सक्छन्, ती योजनाले भविष्यमा सार्थकता पाउनेछ । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाट हुने योग छ । सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । समस्याको समाधान प्राप्त होला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नियमित कामलाई निरन्तरता दिन सकिएपनि नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु उचित हुनेछ । पीडा दिनेहरु आजको दिन सक्रिय रहन सक्छन्, सावधान रही व्यवहार गर्नुहोला । केही कामका अवसर फुत्कने सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्य सबल रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हासिल हुने देखिन्छ । बाह्य दौडधुप नगरीकन विभिन्न काम सम्पादन गर्न सकिने समय छ । मित्रजनको साथ रहनेछ भने लगानी वृद्धिको सम्भावना छ । बौद्धिक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । पशु व्यवसायबाट लाभ होला । आयबल बढ्नेछ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कर्मबल वृद्धि हुनेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनतले राम्रै सफलता दिलाउला । व्यवसायका लागि यात्राको सम्भावना छ । रसरागको भाव वृद्धि तथा दाम्पत्यजीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । व्यापारमा सफलता प्राप्त होला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    व्यक्तिगत तवरमा सामर्थ्य वृद्धि भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्नसक्ने समय छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला । खर्च वृद्धिको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दौडधुप वृद्धि हुनेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने दिन छ, तर लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिलेको अनुभूति होला । चिताएको काम पुरा नहुन सक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आश मारेको काम बन्नाले आजको दिन उत्साहपूर्ण रहन सक्छ । तार्किक क्षमता बढ्नेछ ।सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । रसरागमा आकर्षण रहला । सन्तानसुख बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आजको दिन धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । फाइदाजनक कार्यमा मन जाला । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    दिन खासै उत्साहजनक नरहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका मिलेको अनुभूति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खासै राम्रो छैन । महत्वपूर्ण कार्यमा गोपनीयता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २०, २०८१ (अप्रिल २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीन सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    चैत्र १९, काठमाडौँ – डोटी, सिराहा र कैलाली जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान...

    कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा

    काठमाडौं, चैत्र १९ – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हालका कार्यकारी निर्देशक...

    पश्चिम बंगालमा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

    भारत, चैत्र १९ – पश्चिम बंगालस्थित दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा ग्यास सिलिण्डर विस्फोट हुँदा...

    सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

    काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग...