News Portal

  • मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    २५९ पटक

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यस्तता बढेपनि दिन रमाइलो रहला । काम बन्नाले सुखको अनुभव होला । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता र मिठो भोजन प्राप्त होला । खेलकूदमा आकर्षण बढ्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    दिन शुभदायी छ । काम बन्नाले सुखको अनुभव हुनेछ । अप्रत्याशित लाभ हुनेछ भने अनेक किसिमका फाइदा हुने योग छ । नोकरीमा भने दिन सामान्य रहला । पराक्रम वृद्धि हुनेछ । शुभ समाचार प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधानले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आजको दिन खासै उपलब्धिमूलक हुने देखिन्न । काममा समस्या तथा अनेक किसिमका झमेलामा परिने योग छ, सावधान रहनु उचित होला । आरोग्यता रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ । विवेकले समस्याबाट मुक्ति दिलाउला । यात्रागत कार्यको तयारीमा हुनुहुन्छ भने अघि बढ्न सकिनेछ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विचारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जाला । आर्थिक उपार्जनको दृष्टिले शुभ समय छ । धनलाभको योग देखिन्छ । आरोग्यता रहनेछ । कर्मबल वृद्धि होला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    लगानी बढ्नेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी हुने समय छ । राम्रो आर्जनले सुख दिलाउला । आजको दिन यात्रागत कार्य पनि सफल हुने देखिन्छ । रसरागमा आकर्षण रहनेछ । बौद्धिक र कलात्मक काममा मन जाला । पारिवारिक सुख बढ्नुको साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    केही सुख केही दुःखको अवस्थाबाट दिन गुज्रिनेछ । अचानक धनलाभको योग भएपनि आजको दिन खर्चको मात्रा केही बढ्न सक्छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि योजना स्थगित गर्नु हितकर होला । दैनन्दिन कार्यमा गति बढ्नेछ । काममा आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कर्मबल वृद्धिको समय छ र पनि गरेका कामबाट ठूलो उपलब्धि लिन मुस्किल पर्ने देखिन्छ । समयको ब्यर्थ नाश हुनुका साथै नसोचेको ठाउँमा खर्च हुने सम्भावना छ । सभा-समारोहमा सहभागिता तथा मिठो भोजन प्राप्तिको योग छ । साहसिक काममा आकर्षण रहनेछ । बिग्रन लागेको काम पनि बोली र व्यक्तित्वको प्रभावले बन्ने योग छ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग पनि रहेकोले विशेष सचेतनाको दरकार छ । आफन्तमिलनले सुख दिनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रु वा प्रतिष्पर्धीलाई परास्त गर्ने क्षमतामा वृद्धि हुने देखिन्छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दौडधुप केही बढ्ला । श्रद्धा र परोपकारमा मन जाने समय छ । खर्च भन्दा कमाई नै बढी हुने देखिन्छ । अध्ययन तथा अध्यापनमा पनि प्रगति हुनेछ भने धनलाभको योग छ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुन सक्छ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    सकारात्मक कार्यमा व्यस्तता बढ्ने समय छ । दुःखमा साथ दिनेहरू भेटिनेछन् । विपरितलिङ्गी मित्रबाट प्राप्त हौसलाले मन रमाउला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने योग छ । प्रेमभाव बढ्नेछ भने सफलताको दर बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि होला । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    मिश्रित फलदायी समय छ । दिनको आरम्भमा जागृत भएको उत्साह बेलुकासम्म कायम नरहन सक्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्ने योग छ, सचेत रही व्यवहार गर्नु हितकर होला । प्रतिकूलताको ज्यादा सम्भावनाका कारण काममा बाधाहरुको सामना गर्नुपर्ला । वादविवादबाट बच्ने कोशिस गर्नु उचित हुनेछ । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    केही सुख केही दुःखको अनुभूति हुने दिन छ । पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नुपर्ने योग छ । प्रतिकुलताको बाबजुद प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलासको भाव वृद्धि होला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा...

    साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

    पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार...

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...