आज : २०२६-०९-२०, आइतबार

आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन्।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ।

सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ।

सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन्।