News Portal

इरानी सर्वोच्च नेता खामेनी कोमामा, छोरा उत्तराधिकारी

हिमालीसंचार संवाददाता
३४२ पटक

तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन्।

खामेनीले आफ्नो राजगद्दी छोरा मोजतबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरिरहेका छन् कि खामेनी ठीक छैनन् र हाल उनी कोमामा उपचाररत छन्।

त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमाण्ड दिइएको छ। मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुनेबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन। यो कुरा अहिले गोप्य राखिएको छ।

८५ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। उनी गम्भीर रोगबाट पीडित छन्। त्यसैले उनले जिउँदै आफ्नो उत्तराधिकारी छानेका हुन। मोजतबा अली खामेनीका दोस्रो छोरा हुन्।

को हुन् मोजतबा ?

मोज्ताबा खामेनी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका दोस्रो र कान्छो छोरा हुन्। उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए।

मोजतबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो। उनले स्नातक पछि धर्मशास्त्र अध्ययन गरे। यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए।

आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन्। सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए। यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोज्ताबा खामेनी इरानको अर्को सर्वोच्च नेता चुनिएका छन्। यो समाचार धेरै चर्चामा छ र यसले दूरगामी प्रभाव पार्न सक्छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...