News Portal

इरानी सर्वोच्च नेता खामेनी कोमामा, छोरा उत्तराधिकारी

हिमालीसंचार संवाददाता
२८० पटक

तेहरान। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अचानक आफ्ना छोरालाई उत्तराधिकारी चुनेर सारा विश्वलाई चकित पारेका छन्।

खामेनीले आफ्नो राजगद्दी छोरा मोजतबालाई सुम्पेका छन् तर प्रश्न उठिरहेको छ किन ? केही अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दाबी गरिरहेका छन् कि खामेनी ठीक छैनन् र हाल उनी कोमामा उपचाररत छन्।

त्यसैले खामेनीका छोरा मोज्ताबालाई इरानको सर्वोच्च नेताको कमाण्ड दिइएको छ। मोजतबाले आफ्नो बुबा जीवित रहुन्जेल पदभार ग्रहण गर्न सक्ने छन्। तर, सर्वोच्चको नेतामा मोजतबा निर्वाचित हुनेबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन। यो कुरा अहिले गोप्य राखिएको छ।

८५ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छ। उनी गम्भीर रोगबाट पीडित छन्। त्यसैले उनले जिउँदै आफ्नो उत्तराधिकारी छानेका हुन। मोजतबा अली खामेनीका दोस्रो छोरा हुन्।

को हुन् मोजतबा ?

मोज्ताबा खामेनी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका दोस्रो र कान्छो छोरा हुन्। उनले सन् १९८७ देखि १९८८ सम्म इरान–इराक युद्धमा भाग लिएका थिए।

मोजतबाको जन्म सन् १९६९ मा मशहदमा भएको थियो। उनले स्नातक पछि धर्मशास्त्र अध्ययन गरे। यसपछि सन् १९९९ मा उनले कोममा पढेर मौलवी बनेका थिए।

आफ्नो बुबा जस्तै उनी इस्लामिक मामिलामा जानकार छन्। सन् २००९ मा उनी इरानमा जारी विरोध प्रदर्शनलाई कडा दमनका कारण पहिलो पटक चर्चामा आएका थिए। यस प्रदर्शनमा धेरै मानिस मारिएका थिए।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोज्ताबा खामेनी इरानको अर्को सर्वोच्च नेता चुनिएका छन्। यो समाचार धेरै चर्चामा छ र यसले दूरगामी प्रभाव पार्न सक्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...