News Portal

मंसिर ३ गते सोमबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
३८२ पटक

आज मिति वि.सं.२०८१ मंसिर ३ गते सोमवार || सन् २०२४ नोभेम्बर १८ तारिख || नेपाल सम्बत ११४५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन केही चुनौतीहरू देखिनेछन् । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । धैर्यले काम लिनु हितकर होला । हातमा आएको प्रतिफल गुम्न नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । यात्रा व्यवस्थापनमा खर्च बढ्ने योग छ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ने सम्भावनाका कारण धैर्यताका मात्रा बढाउनु उचित होला । अन्य कुरामा प्रतिकुलताका बाबजुद रसरागको भाव वृद्धि हुनेछ । निकटजनको साथ मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अनुकूलता वृद्धि होला । रोकिएको काममा सफलता मिल्नेछ भने इष्टमित्रहरू सहयोगी बनेर देखापर्नेछन् । आमोदप्रमोदमा रमिरहनु हुनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । व्यवसायमा फाइदै हुनेछ, तर यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनु हितकर हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिश्रित फलदायी समय छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने योग छ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आर्थिक लाभका कार्यमा आकर्षण बढ्नेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ । कर्मबल बढ्नेछ । रचनात्मकतामा कमी आउन सक्छ । शत्रुपक्षले सताउन सक्ने हुँदा सजगताका साग कदम चाल्नुहोला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मातृधनबाट लाभ लिन सकिनेछ । अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । कर्मबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभदायी समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रसरागको कार्यक्रममा आकर्षण रहनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्नसक्ने योग छ । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दौडधुप बढेपनि सफलता प्राप्तिको समय छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ भने मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । सामाजिक कार्यमा सरिक हुने र त्यसले प्रतिष्ठा दिलाउने योग छ । कर्मप्रतिको लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला । यात्रागत कार्य सार्थक बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठा आर्जन हुने दिन छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्ने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बाध्यतापूर्ण कामको बोझ थपिन सक्ने समय छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । विवादमा पर्नुबाट बच्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । प्रेमभाव बढ्नेछ भने मिहिनेतले रोकिएको काम अघि बढाउन सकिनेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आश मारेको काम बन्ने लक्षणले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण रहने समय छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । सकारात्मक क्रियाकलापका लागि ब्यस्तता बढ्न सक्छ । दायित्व निर्वाहमा अब्बल रहनुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन केही चुनौतीको सामना गर्नुपर्ला, तर प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । प्रतिभाको कदर हुने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने दिन छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख विलास पनि वृद्धि हुने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...