आज : २०२६-०६-१०, बुधबार

बाह्र वर्षदेखि कुवेतमा सिन्धुपाल्चोककी युवती सम्पर्क विहीन

कुवेत – रोजगारीका लागि कुवेत पुगेकी जुगल गाउँपालिका –२ गोल्चे सिन्धुपाल्चोककी २१ वर्षीया पासपोर्ट नम्बर (05811391) रहेको ३३ बर्षिय सोमरानी स्याङ्बो बिगत १२ बर्ष देखि हराइरहेकी छन्।

उनी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन्।रोजगारीका लागि १२ साल अघि कुवेत पुगेकी सोमरानी ८/९ महिनासम्म मात्र परिवारको सम्पर्कमा रहेको र त्यसपछि बेपत्ता भएकी छिन। परिवारले खोजीका लागि सबै सञ्चार माध्यमलाई अनुरोध गरेका छन्।

२०६९ जेष्ठ ३१ गते श्रमको स्टिकर नम्बर ९१५५५२ स्वीकृत भएको देखिन्छ। नेपालबाट पठाउने एजेण्ट डोमा लामा सोलुखुम्बुको र कुवेतको एजेण्ट ईस्वरी माया राई झापाको रहेको बुझिएको छ।

नेपाली राजदूतावास कुवेत लगायत सम्पूर्ण सरोकारवालाहरुलाई खोजीको लागि अनुरोध समेत गरेका छन्। कुवेत गएको ८ महिनासम्म नेपालमा पैसा समेत पठाएको परिवारले जानकारी दिएका छन्।

खोजीका लागि सक्दो सहयोग गरिदिन सोमरानीकी एकल आमाले सवैलाई अनुरोध गरेका छन्। ०७२ सालको भूकम्पमा परि बुबाको मृत्यु भएपछि घरमा आमा र एक जना सानो भाई मात्र रहेको बुझिएको छ।