News Portal

बाह्र वर्षदेखि कुवेतमा सिन्धुपाल्चोककी युवती सम्पर्क विहीन

हिमालीसंचार संवाददाता
३४२ पटक

कुवेत – रोजगारीका लागि कुवेत पुगेकी जुगल गाउँपालिका –२ गोल्चे सिन्धुपाल्चोककी २१ वर्षीया पासपोर्ट नम्बर (05811391) रहेको ३३ बर्षिय सोमरानी स्याङ्बो बिगत १२ बर्ष देखि हराइरहेकी छन्।

उनी घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन्। उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन्।रोजगारीका लागि १२ साल अघि कुवेत पुगेकी सोमरानी ८/९ महिनासम्म मात्र परिवारको सम्पर्कमा रहेको र त्यसपछि बेपत्ता भएकी छिन। परिवारले खोजीका लागि सबै सञ्चार माध्यमलाई अनुरोध गरेका छन्।

२०६९ जेष्ठ ३१ गते श्रमको स्टिकर नम्बर ९१५५५२ स्वीकृत भएको देखिन्छ। नेपालबाट पठाउने एजेण्ट डोमा लामा सोलुखुम्बुको र कुवेतको एजेण्ट ईस्वरी माया राई झापाको रहेको बुझिएको छ।

नेपाली राजदूतावास कुवेत लगायत सम्पूर्ण सरोकारवालाहरुलाई खोजीको लागि अनुरोध समेत गरेका छन्। कुवेत गएको ८ महिनासम्म नेपालमा पैसा समेत पठाएको परिवारले जानकारी दिएका छन्।

खोजीका लागि सक्दो सहयोग गरिदिन सोमरानीकी एकल आमाले सवैलाई अनुरोध गरेका छन्। ०७२ सालको भूकम्पमा परि बुबाको मृत्यु भएपछि घरमा आमा र एक जना सानो भाई मात्र रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...