News Portal

नेपाल पत्रकार महासंघ सुर्खेतद्वारा पत्रकार देवकोटामाथि भएको आक्रमणको घोर भत्सर्ना

हिमाली संचार संवाददाता
५३७ पटक

सुर्खेत : पत्रकार देवीराम देवकोटामाथि भएको आक्रमण सामान्य रुपमा नदिन पत्रकार महासंघ शाखा सुर्खेतले आग्रह गरेको छ । महासंघको सुर्खेत शाखाले एक विज्ञप्ति प्रकाशित गरी देवकोटामाथि भएको उक्त आक्रमणले शाखा नै स्तब्ध भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल महासंघ सुर्खेत शाखाका साधारण सदस्य एवं थाहा संचार नेटवर्कमा कार्यरत देविराम देवकोटामाथि सांघातिक आक्रमण भएकामा महासंघ सुर्खेत शाखा स्तब्ध भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ जाने क्रममा विहीबार साँझ कोहलपुर वसपार्कमा पत्रकार देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले आक्रमण गरेकोमा सुर्खेत शाखा उक्त घटनाको निन्दा प्रकट गर्दछ ।

हाल आक्रमणकारी दुई जनालाई पक्राउ गरी कोहलपुर प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ यद्यपि उक्त घटनालाई सामान्यरुपमा नलिन समेत आग्रह गर्दछौं । पत्रकार देवकोटामाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कारबाहीको माग गर्दै पत्रकारहरुको सुरक्षामा सम्बन्धित पक्षहरु संवेदनशील हुनपनि महासंघ सुर्खेत शाखाले आग्रह गर्दछ ।

बिज्ञप्ती हेर्नुहोस।

यो पनि पढनुहोस।
भेरी बस व्यवसायी समितिका कर्मचारीको आक्रमणबाट पत्रकार देवकोटाको टाउको र अाँखामा चोट

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...