News Portal

नेपाल पत्रकार महासंघ सुर्खेतद्वारा पत्रकार देवकोटामाथि भएको आक्रमणको घोर भत्सर्ना

हिमाली संचार संवाददाता
५८३ पटक

सुर्खेत : पत्रकार देवीराम देवकोटामाथि भएको आक्रमण सामान्य रुपमा नदिन पत्रकार महासंघ शाखा सुर्खेतले आग्रह गरेको छ । महासंघको सुर्खेत शाखाले एक विज्ञप्ति प्रकाशित गरी देवकोटामाथि भएको उक्त आक्रमणले शाखा नै स्तब्ध भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल महासंघ सुर्खेत शाखाका साधारण सदस्य एवं थाहा संचार नेटवर्कमा कार्यरत देविराम देवकोटामाथि सांघातिक आक्रमण भएकामा महासंघ सुर्खेत शाखा स्तब्ध भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ जाने क्रममा विहीबार साँझ कोहलपुर वसपार्कमा पत्रकार देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले आक्रमण गरेकोमा सुर्खेत शाखा उक्त घटनाको निन्दा प्रकट गर्दछ ।

हाल आक्रमणकारी दुई जनालाई पक्राउ गरी कोहलपुर प्रहरीले कानुनी प्रक्रिया अगाडि बढाएको छ यद्यपि उक्त घटनालाई सामान्यरुपमा नलिन समेत आग्रह गर्दछौं । पत्रकार देवकोटामाथि सांघातिक आक्रमण गर्ने आक्रमणकारीलाई कारबाहीको माग गर्दै पत्रकारहरुको सुरक्षामा सम्बन्धित पक्षहरु संवेदनशील हुनपनि महासंघ सुर्खेत शाखाले आग्रह गर्दछ ।

बिज्ञप्ती हेर्नुहोस।

यो पनि पढनुहोस।
भेरी बस व्यवसायी समितिका कर्मचारीको आक्रमणबाट पत्रकार देवकोटाको टाउको र अाँखामा चोट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...