News Portal

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलकाे अध्यक्षमा इमानसिङ तामाङ, महासचिबमा राजु लामा चयन

हिमालीसंचार संवाददाता
२५६ पटक

पोर्चुगल। नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलकाे गत आइतबार १० तारिखमा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष तिलक गैरेको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

त्यस्तै, अन्य अतिथिहरूमा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मी सापकोटा, एनआरएनए पोर्चुगलका बर्तमान अध्यक्ष दीपा काफ्ले, उपाध्यक्ष सुजन लामा, सुदुरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दिपेश बिष्ट, पुर्व पर्यटनदुत रमेश गुरुङ, नेपाली जनसम्पर्क समिती पोर्चुगलका अध्यक्ष युवराज पन्थी, मन्तिजो समाज पोर्चुगलका अध्यक्ष प्रवल भट्टराई, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुडापृथीका साथै पोर्चुगलका सफल नेपाली ब्यवसायीहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रममा फुर्पा तामाङ (उपाध्यक्ष)ले स्वागत मन्तब्य राखेका थिए भने, कार्यक्रम सञ्चालन उपाध्यक्ष फुर्पा तामाङ र महासचिवमा राजु लामा मोक्तानले गरेका थिए।

राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो।

उक्त अधिवेशनबाट इमानसिङ तामाङ अध्यक्षमा निर्वाचित भएका थिए भने, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, सचिव, सह-सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्ष गरी २९ कार्यसमिति सदस्य चयन भएका थियो।

उक्त अधिवेशन सम्पन्न भएपश्चात नयाँ कार्यसमितिलाई काम गर्नको लागि आइतबार १० तारिख कार्यसमितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम आइतबार दिउँसो १ बजे राजधानी लिस्बन सुरु भएको थियो।

इमानसिङ तामाङको अध्यक्ष रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमितिहरूमा बरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा, महिला उपाध्यक्षमा निशा तामाङ, उपाध्यक्षमा सबिना मनाङथेन, फुर्बासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र सोनाम लामा रहेका छन्।

महासचिवमा राजु लामा मोक्तान, सचिवमा निर्मला तामाङ बज्यु, सह सचिवमा पुनम तामाङ, कोषाध्यक्षमा सागर योञ्जन लामा र सह- कोषाध्यक्षमा म्लाङसिङ तामाङ रहेका हुन्।

युवा संयोजकमा बिकाश लामा, सह-युवा संयोजकमा लोप्साङ लामा र सास्कृतिक संयोजकमा बिकाश तामाङ रहेका छन्।

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा सबी लामा लोप्चन, सेर बहादुर तामाङ, बिरेन तामाङ, लक्ष्मी तामाङ, नरजङ तामाङ, बिल मोक्तान, लमिन तामाङ, सुनिल लामा, बुद्धि तामाङ, सुनबिर लामा, साङ दोर्जे लामा, दावाङ लामा, समिर वाईवा, बिशाल तामाङ सयांङतान, सन्जु मोक्तान, सम्झना तामाङ, सुरेश पाख्रिन, उदाश तामाङ, सोम बहादुर तामाङ, सोमिला लामा बल, राजेश लामा, सुर्य लो तामाङ, नानु मोक्तान, अलिना तामाङ, जित बहादुर तामाङ, मिन तामाङ, दिपक दोङ र रोमीला तामाङ रहेका छन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...