News Portal

  • कार्तिक २६ गते सोमबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १३५० पटक

    आज मिति वि.सं.२०८१ कार्तिक २६ गते सोमबार || सन् २०२४ नोभेम्बर ११ तारिख || नेपाल सम्बत ११४५

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    दिन खासै सुखदायी नरहला । व्यापारमा सामान्य लाभको अवस्था रहेपनि धनमाल हराउने र मनमा चिन्ता बढ्ने योग छ । कसैले अस्वाभाविक प्रलोभन दिन सक्छ, यस्तोमा नफस्नु नै हितकर हुनेछ । स्वास्थ्यमा सामान्य प्रतिकुलता देखापर्ला । नसोचेको ठाउमा खर्च हुन सक्छ, सचेत रहनुहोला । विवाद वा बहसबाट अलग रहने प्रयत्न गर्नु आजका लागि उचित हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    लगानी र दौडधुप बढ्ने तर श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । भाग्यले खासै साथ दिनेछैन । आजको दिन खर्च बढ्ने तथा लेनदेनमा पनि विवाद उत्पन्न हुनसक्ने भएकोले आर्थिक कारोबार नगरेकै बेस हुनेछ । स्वास्थ्यगत समस्या पैदा हुन सक्छ । नयाँ योजनालाई थाती राखी नियमित काममा केन्द्रित रहेर समय बिताउने चेष्टा गर्नु हितकर हुनेछ । आफन्त मिलनले आनन्द दिने सम्भावना छ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारमा विशेष लाभ मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ भने आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधनप्राप्तिको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्ने समय छ । खर्च भने केही वृद्धि हुने देखिन्छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला । अधुरा काम बन्ने योग छ । नोकरी, समाजसेवा तथा राजनीतिमा पनि सफल भइने समय छ । आर्थिक क्रियाकलाप उत्साहवर्द्धक रहला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आजको दिन मिश्रित फलदायी रहला । परिश्रमले काममा रुचि बढाउनेछ र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने समय भएपनि आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन् । विशेष योजनामा कदम बढाउँदै हुनुहुन्छ भने गोपनीयतामा खास ध्यान दिनुपर्नेछ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरेका व्यक्तिबाटै धोका हुन सक्ने योग छ । वादविवादको सामना गर्नु पर्ला । पारिवारिक सुख प्राप्त हुनेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित कर्म तथा व्यापारमा सफलता पाउने समय छ । मित्रजनहरूसँगको भेटघाट रमाइलो र फलदायी हुने देखिन्छ । यात्रामा रमाउने र कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर हासिल होला । आजको दिन जागिरे व्यक्तिले जिम्मेवारीमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । कुनै चोटपटक लाग्नुबाट बच्न सतर्कताको दरकार छ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने समय छ । सानातिना समस्या आएपनि दिन सफलतादायी नै रहला । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । मानसम्मान प्राप्त हुने योग छ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    दिन शुभदायी रहला । नयाँ कामका स्रोत फेला पर्ने र अप्रत्याशित लाभ हुने समय छ । अध्ययन–अध्यापनमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्न सक्छन् । अप्रत्यासित खर्च गर्नुपर्ने अवस्था आइपर्न सक्नेतर्फ आज विशेष सजग रहनु उचित हुनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    दिन केही चुनौतीयुक्त रहला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु उचित होला । अनावस्यक झमेलामा पर्नुबाट जोगिन प्रयत्न गर्नुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । कुनै नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु हितकर हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलाबाट टाढा रहन विशेष प्रयास गरे समसयाको समाधान मिल्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आफ्नो प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    समय सुखदायी छ । सोचेभन्दा बढी नै लाभ मिल्नुका साथै व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि लाभ हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । धनलाभको योग छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत खेर नजाला । आकस्मिक लाभको योग छ । काममा जाँगर जागृत हुने देखिन्छ । यात्रागत कार्य फलदायी रहला । दाम्पत्यजीवन सुखद र स्वास्थ्य सबल रहनेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठमेल दोहोरी साँझ झगडा : क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि दुई दिनको प्रहरी म्याद थप

    काठमाडौं, साउन १८ – ठमेलको रात्री जीवनमा फेरि एकपटक झगडा र गिरफ्तारीको अध्याय खुलेको छ...

    ऐना पहरामा यात्रुबाहक बस दुर्घटना : सात घाइते, दुईको अवस्था गम्भीर

    तनहुँ, साउन १८ –  तनहुँ जिल्लाको पर्यटकीय क्षेत्र ऐना पहरामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा...

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...