News Portal

कार्तिक २६ गते सोमबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
१४५७ पटक

आज मिति वि.सं.२०८१ कार्तिक २६ गते सोमबार || सन् २०२४ नोभेम्बर ११ तारिख || नेपाल सम्बत ११४५

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन खासै सुखदायी नरहला । व्यापारमा सामान्य लाभको अवस्था रहेपनि धनमाल हराउने र मनमा चिन्ता बढ्ने योग छ । कसैले अस्वाभाविक प्रलोभन दिन सक्छ, यस्तोमा नफस्नु नै हितकर हुनेछ । स्वास्थ्यमा सामान्य प्रतिकुलता देखापर्ला । नसोचेको ठाउमा खर्च हुन सक्छ, सचेत रहनुहोला । विवाद वा बहसबाट अलग रहने प्रयत्न गर्नु आजका लागि उचित हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानी र दौडधुप बढ्ने तर श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । भाग्यले खासै साथ दिनेछैन । आजको दिन खर्च बढ्ने तथा लेनदेनमा पनि विवाद उत्पन्न हुनसक्ने भएकोले आर्थिक कारोबार नगरेकै बेस हुनेछ । स्वास्थ्यगत समस्या पैदा हुन सक्छ । नयाँ योजनालाई थाती राखी नियमित काममा केन्द्रित रहेर समय बिताउने चेष्टा गर्नु हितकर हुनेछ । आफन्त मिलनले आनन्द दिने सम्भावना छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन शुभदायी छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारमा विशेष लाभ मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ भने आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधनप्राप्तिको योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्ने समय छ । खर्च भने केही वृद्धि हुने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला । अधुरा काम बन्ने योग छ । नोकरी, समाजसेवा तथा राजनीतिमा पनि सफल भइने समय छ । आर्थिक क्रियाकलाप उत्साहवर्द्धक रहला । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन मिश्रित फलदायी रहला । परिश्रमले काममा रुचि बढाउनेछ र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने समय भएपनि आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन् । विशेष योजनामा कदम बढाउँदै हुनुहुन्छ भने गोपनीयतामा खास ध्यान दिनुपर्नेछ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरेका व्यक्तिबाटै धोका हुन सक्ने योग छ । वादविवादको सामना गर्नु पर्ला । पारिवारिक सुख प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित कर्म तथा व्यापारमा सफलता पाउने समय छ । मित्रजनहरूसँगको भेटघाट रमाइलो र फलदायी हुने देखिन्छ । यात्रामा रमाउने र कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर हासिल होला । आजको दिन जागिरे व्यक्तिले जिम्मेवारीमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । कुनै चोटपटक लाग्नुबाट बच्न सतर्कताको दरकार छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ने समय छ । सानातिना समस्या आएपनि दिन सफलतादायी नै रहला । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । मानसम्मान प्राप्त हुने योग छ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन शुभदायी रहला । नयाँ कामका स्रोत फेला पर्ने र अप्रत्याशित लाभ हुने समय छ । अध्ययन–अध्यापनमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । विशेष योजनाहरू बन्न सक्छन् । अप्रत्यासित खर्च गर्नुपर्ने अवस्था आइपर्न सक्नेतर्फ आज विशेष सजग रहनु उचित हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन केही चुनौतीयुक्त रहला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनु उचित होला । अनावस्यक झमेलामा पर्नुबाट जोगिन प्रयत्न गर्नुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । कुनै नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु हितकर हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलाबाट टाढा रहन विशेष प्रयास गरे समसयाको समाधान मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सुखदायी छ । सोचेभन्दा बढी नै लाभ मिल्नुका साथै व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि लाभ हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । धनलाभको योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत खेर नजाला । आकस्मिक लाभको योग छ । काममा जाँगर जागृत हुने देखिन्छ । यात्रागत कार्य फलदायी रहला । दाम्पत्यजीवन सुखद र स्वास्थ्य सबल रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...