News Portal

कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण

समिर कुमार अधिकारी (द्रुपद)
२७०७ पटक

काठमाडौं। कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन्।

४२ वर्षीया अभिनेत्री योङले छोरासहित मार्दी हिमाल आरोहण गरेकी हुन्। नेपालमा मार्दी ट्रेक भनिए पनि कोरियालीहरुका अभिनेत्रीले गरेको आरोहणसँगै कोरियामा मार्दीको चर्चा बढेको छ।

उनले आफ्नो इन्स्टाग्राममा मार्दी हिमाल आरोहण गरेका तस्विर र भिडिओ पोस्ट गर्दै कोरियालीहरुलाई नेपाल भ्रमण गर्न भनेकी छन्। उनले हिउँ परिरहेको बेलाका भिडिओ समेत पोष्ट गरेकी छन्।

अभिनेत्री योङले भनेकी छन्–‘यद्यपी मैले लक्ष्य गरे अनुसार सुर्योदयको समयमा आरोहण गर्न सकिन तर म ४ हजार मिटरमाथिको भ्यूप्वाइन्टमा पुगेँ। हिमपात र वर्षाका कारण मौसम त्यति राम्रो थिएन तर त्यो चुचुरोबाट देखिएको सबै दृष्यहरु मेरा लागि उपहार थिए।’

उनले आफ्नो ६ वर्षको छोरा जियोन ग्यूनसँगै गरिएको आरोहण ऐतिहासिक रहेको भन्दै यति राम्रो प्रकृति आफूले अहिलेसम्म नआएर मिस गरेको बताएकी छन्।

सन् २००८ मा अर्बान लिजेन्ट डेजाभु सिजन थ्री भन्ने नाटकबाट डेब्यु गरेकी कोरियाली अभिनेत्री योङ धेरै चर्चित फिल्महरुमा अभिनय गरेकी छन्। उनको मार्दी आरोहणको व्यवस्थापन सोरा एड्भेन्चर ट्रेक्स एण्ड एक्स्पिडिसनले गरेको थियो।

विश्व चर्चित अभिनेत्रीको हिमाल आरोहण सम्बन्धी समाचार कोरियाली सन्चारमाध्यममा छाइरहेका छन्। मार्दी हिमाल आरोहणका क्रममा उनलाई अल्टिच्युट सिकनेस भएको टाइम्स इण्डियाले उल्लेख गरेको छ।

स्वीट होम चलचित्रकी अभिनेत्री योङको छोरासहितको मार्दी आरोहणको समाचार अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यमका लागि मसला बनेको छ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...