News Portal

  • कोरियाली अभिनेत्री योङले गरिन् छोरासहित मार्दी हिमालको आरोहण

    समिर कुमार अधिकारी (द्रुपद)
    २६३४ पटक

    काठमाडौं। कोरियाली अभिनेत्री ली सि योङले ४ हजार मिटर अग्लो नेपालस्थित मार्दी हिमाल आरोहण गरेको समाचार कोरियाली सन्चारमाध्यमहरुले प्रमुखतासाथ प्रकाशन गरेका छन्।

    ४२ वर्षीया अभिनेत्री योङले छोरासहित मार्दी हिमाल आरोहण गरेकी हुन्। नेपालमा मार्दी ट्रेक भनिए पनि कोरियालीहरुका अभिनेत्रीले गरेको आरोहणसँगै कोरियामा मार्दीको चर्चा बढेको छ।

    उनले आफ्नो इन्स्टाग्राममा मार्दी हिमाल आरोहण गरेका तस्विर र भिडिओ पोस्ट गर्दै कोरियालीहरुलाई नेपाल भ्रमण गर्न भनेकी छन्। उनले हिउँ परिरहेको बेलाका भिडिओ समेत पोष्ट गरेकी छन्।

    अभिनेत्री योङले भनेकी छन्–‘यद्यपी मैले लक्ष्य गरे अनुसार सुर्योदयको समयमा आरोहण गर्न सकिन तर म ४ हजार मिटरमाथिको भ्यूप्वाइन्टमा पुगेँ। हिमपात र वर्षाका कारण मौसम त्यति राम्रो थिएन तर त्यो चुचुरोबाट देखिएको सबै दृष्यहरु मेरा लागि उपहार थिए।’

    उनले आफ्नो ६ वर्षको छोरा जियोन ग्यूनसँगै गरिएको आरोहण ऐतिहासिक रहेको भन्दै यति राम्रो प्रकृति आफूले अहिलेसम्म नआएर मिस गरेको बताएकी छन्।

    सन् २००८ मा अर्बान लिजेन्ट डेजाभु सिजन थ्री भन्ने नाटकबाट डेब्यु गरेकी कोरियाली अभिनेत्री योङ धेरै चर्चित फिल्महरुमा अभिनय गरेकी छन्। उनको मार्दी आरोहणको व्यवस्थापन सोरा एड्भेन्चर ट्रेक्स एण्ड एक्स्पिडिसनले गरेको थियो।

    विश्व चर्चित अभिनेत्रीको हिमाल आरोहण सम्बन्धी समाचार कोरियाली सन्चारमाध्यममा छाइरहेका छन्। मार्दी हिमाल आरोहणका क्रममा उनलाई अल्टिच्युट सिकनेस भएको टाइम्स इण्डियाले उल्लेख गरेको छ।

    स्वीट होम चलचित्रकी अभिनेत्री योङको छोरासहितको मार्दी आरोहणको समाचार अहिले अन्तर्राष्ट्रिय सन्चारमाध्यमका लागि मसला बनेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...