News Portal

वन रक्षकको सरुवा बढुवाको अधिकार प्रदेश सरकारलाई दिनु उचित

हिमालीसंचार संवाददाता
२६२ पटक

काठमाडौं। संघीय सांसद विनोद चौधरीले वनको अधिकार क्षेत्रबारे संघ र प्रदेशबीच स्पष्ट कार्य विभाजन हुनुपर्नेमा जोड दिएका छन्।

बुधबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई भेटेर उनले वनसम्बन्धि स्पष्ट कार्यविभाजन नहुँदा प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो भएको बताए।

लुम्बिनी प्रदेशका नवनियुक्त वनमन्त्री देवकरण कलवार सन्तुसँगै संघीय वनमन्त्री भेट्न गएका सांसद चौधरीले भने, वनमा रहेको सुकेको काठ तत्काल लिलाम गर्ने अधिकार प्रदेश सरकारलाई दिँदा उपर्युक्त हुन्छ।

यस्ता काठ दाउरा तत्काल लिलाम नहुँदा वर्षौंदेखि कुहिएर सडेर काम नलाग्ने भइरहेको छ। हामी काठ विदेशी मुद्रा खर्च गरेर विदेशबाट आयात गरिरहेका छौं तर स्वदेशमा भएको काठ बिक्री नगरी सडाई रहेका छौं। हामीले हाम्रो श्रोत साधनको सही उपभोग गरिहेका छैनौं।

उनले सामुदायिक तथा सार्वजनिक वन र कर्मचारीहरू प्रदेश सरकार मातहतमा गइसकेको उल्लेख गर्दै सशस्त्र वन रक्षकको सरुवा बढुवाको अधिकार पनि प्रदेश सरकारलाई नै दिनु उचित हुने धारणा राखे।

सामुदायिक तथा सार्वजनिक वन व्यवस्थापनको पारदर्शिताका लागि दिगो वन व्यवस्थापन ऐन तत्काल लागु गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...