News Portal

सलमानको घरमा गोली प्रहार प्रकरणमा लरेन्सका भाइ अनमोललाई अमेरिकाबाट फिर्ता ल्याउने प्रक्रिया सुरु

हिमालीसंचार संवाददाता
२९१ पटक

लरेन्स बिश्नोई र उनका भाइ अनमोल। तस्बिर: एएनआई।


एजेन्सी। भारतस्थित मुम्बई प्रहरीको अपराध शाखाले गुन्डा नाइके लरेन्स बिश्नोईका भाइ अनमोललाई अमेरिकाबाट भारत ल्याउने प्रक्रिया सुरु गरेको छ।

बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली हानिएको प्रकरणमा अनमोल मुम्बई पुलिसको वान्टेड सूचीमा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्र संगठित अपराध नियन्त्रण कानुन (मकोका) सम्बन्धी मुद्दाअन्तर्गत विशेष अदालतले अनमोल बिश्नोईको गिरफ्तारीका लागि गैरजमानती वारेन्ट जारी गरेको छ।

अमेरिकाले अनमोल आफ्नो देशमा रहेको बताएको छ। सूचना आएपछि मुम्बई प्रहरीको अपराध शाखाले उनको सुपुर्दगी प्रक्रिया सुरु गरेको हो।

मुम्बई पुलिस अनमोलको सुपुर्दगीको औपचारिकता पूरा गर्न अदालतका केही कागजात पर्खिरहेको छ। त्यसपछि थप प्रक्रियाका लागि केन्द्र सरकारलाई औपचारिक प्रस्ताव पठाइनेछ।

स्रोतका अनुसार अनमोललाई विदेशमा खोज्न रेड कर्नर नोटिस पनि जारी गरिएको छ। अमेरिकाबाट अलर्ट आउनुअघि अनमोल क्यानडामा रहेको आशंका गरिएको थियो।

वान्टेड सूचीमा अनमोल !

भारतको आतंकवाद काउन्टर एजेन्सी राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले गत महिना अनमोललाई वान्टेड लिस्टमा समावेश गरेको हो।

उनलाई पक्राउ गर्नेलाई १० लाख भारती रुपैयाँ पुरस्कारको घोषणा पनि गरिएको छ। सन् २०२२ मा गायक सिद्धु मूसेवालाको हत्यापछि लरेन्स बिश्नोईको गिरोह चर्चामा आएको हो।

यसै वर्ष अप्रिलमा अभिनेता सलमान खानको घरबाहिर गोली चलाइएको थियो। जसको जिम्मेवारी यही गिरोहले लिएको छ।

यस प्रकरणमा मुम्बई प्रहरीले लरेन्स बिश्नोई, उनका भाइ अनमोल र क्यानडास्थित ग्याङस्टर गोल्डी ब्रारलाई यस मामिलामा आरोपित बनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...