News Portal

आरके शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा गर्ने

हिमालीसंचार संवाददाता
३४२ पटक

काठमाडौँ। राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो।

साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ। समितिले सचिव र क्षेत्रअनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउन काम गर्ने महासचिव बुद्धि सुवेदीले जानकारी दिए।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ। विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि महासचिव र उपमहासचिवसहितको एक टीम समेत बनाउन निर्णय बैठकले गरेको छ।

बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ। कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो।

शर्मा नेतृत्वको समितिले एकताको पक्षमा रहेको भने बताएको छ। तर शर्मा पक्षले बद्री केसी पक्ष आधिकारिक नभएको जिकिर गर्दै आएको छ। गत वर्ष भएको महाधिवेशनबाट केसीले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको शर्माले दाबी गर्दै आएका छन्। केसीले धाँधली गरेकै कारण शर्माको नेतृत्वमा असन्तुष्ट समूहले नयाँ कार्यसमिति बनाएको थियो।

बिहीबारको बैठकमा अध्यक्ष शर्माले आफू नेतृत्वको समितिले गरेका कामकारबाहीबारे जानकारी गराउनुका साथै बद्री केसी पक्षले हालै गरेको साधारणसभाबारे पनि धारणा राखेका थिए। उनले केसी पक्षले प्रधानमन्त्रीलाई समेत प्रयोग गरेर साधारणसभा गरेपनि वास्तविक एनआरएनएहरुको निकै कम सहभागिता देखिएको बताए।

आफूहरुले केसीको अवैध साधारणसभाविरुद्ध अदालतमा समेत रिट दायर गरेको र अहिले कारण देखाउ आदेश भएको उनको भनाइ छ।

केसी पक्षले अदालतमा भएको मुद्दाका साथसाथै गत चैत २१ मा सर्वोच्चबाट भएको फैसलाविपरीत साधारणसभा गरेको उनको भनाइ छ। यदि एनआरएनएमा आधिकारिक कोही छ भने आफू नेतृत्वको कार्यसमिति रहेको भन्दै उनले अदालतमा विचाराधीन मुद्दा भएकाले छिट्टै न्याय पाउने विश्वास व्यक्त गरे।

‘उनले भने, ‘बद्री केसी पक्षले कुनै साधारणसभा गरेको होइन। भोजभतेरमा बोलाइएको कार्यक्रम हो।’ सो कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एकताका लागि आग्रह गरेको आफूले सुनेको उल्लेख गर्दै शर्माले यदि यो सही हो भने सकारात्मक रहेको बताए। उनले आफूहरुले सोमबार गर्ने साधारणसभामा व्यापक सहभागिता गराउनका लागि सबैलाई सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे।

बैठकमा उपाध्यक्ष केशव पौडेलले यसअघि नै साधारणसभा गर्ने तयारी भएपनि विविध कारणले ढिलागरी साधारणसभा गर्न लागिएको बताए। उनले अब एनआरएनएको विवद समाधान हुने बाटोतर्फ रहेको उल्लेख गर्दै आफूहरु सत्यको पक्षमा रहेकाले जित हुने विश्वास व्यक्त गरे।

यस्तै अर्का उपाध्यक्ष गंगाधर गौतमले केसी पक्षले संघकै सम्पत्तिलाई चरम दुरुपयोग गरेर कार्यक्रम गरेको बताउँदै त्यसमा ध्यानाकर्षण भएको बताए। उनले साधारणसभा गरेर आवश्यक काजगात आफूहरुको आधिकारिक निकाय परराष्ट्रमा बुझाइने बताए।

कार्यक्रममा पदाधिकारीहरु सुनिल शाह, टंक गैरै, प्रमोद सिटौला, लोक दाहाल, मनोज गोर्खाली, ठाकुर ढुंगानालगायतले साधारणसभा सफल बनाउन लागिपर्ने बताए।

यस्तै कार्यक्रममा सल्लाहकारहरु दुर्गा अचार्य, नारायण आचार्यलगायतले पनि धारणा राखेका थिए। यसैबीच तीन चिरामा विभाजित एनआरएनएलाई मिलाउन परराष्ट्र मन्त्रालयले कात्तिक २१ गतेका लागि बैठक बोलाएको छ।

मन्त्रालयमा बस्ने बैठकका लागि मन्त्रालयले पुर्वअध्यक्ष शेषघलेसहितका १३ जनालाई पत्राचार गरिरहेको छ। सो बैठकमार्फत एनआरएनए एकताको औपचारिक प्रक्रिया सुरु हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...