News Portal

रास्वपाकाे प्रवास नेपाली सम्पर्क विभाग कुवेतद्वारा सभापति पक्राउको विरोध

हिमालीसंचार संवाददाता
५१४ पटक

कुवेत। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झुटो मुद्दामा पक्राउ गरिएकोप्रति रास्वपाकाे वैदेशिक संगठन प्रवास नेपाली सम्पर्क विभाग कुवेतले एक प्रेस विज्ञप्ति जारी गरेको छ।

साथै सरकारको उक्त कदमको घोर भर्सना गर्दै यो कदम तानाशाही सरकारको राजनीतिक शक्तिहरू प्रतिको राजनीतिक प्रतिशोध र नयाँ पार्टीहरूलाई उम्कन नदिने किसिमको सरकारको अराजक प्रवृत्तिले रास्वपालाई मिसन २०८४ लक्षित गर्ने मनसायका साथ पार्टीको मनोबललाई कमजोर पार्ने षड्यन्त्र हो, प्रवास संगठनका कार्यबहाक संयोजक मोहमद आलमगिर अंसारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

अंसारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई सहकारी ठगीको मुद्दामा संसदीय छानबिन समितिले पनि कुनै संलग्नता नरहेको पुष्टि गरेको हुँदा पनि सोही मुद्दामा सभापति लामिछानेलाई पटक पटक मानसिक यातना दिने र मनोबललाई कमजोर पार्ने मनसायले पक्राउ गरिनेमा राजनीतिक पूर्वाग्रह प्रेरित रास्वपालाई आउँदो स्थानीय चुनाव विफल पार्ने मनसायले यो कदम चालेको ठहर छ, विज्ञप्तिमा भनिएको छ।

सभापति लामिछानेले अनुसन्धानलाई सघाउन सहयोग गर्ने भनेका छन् तर, कथम कदाचित राजनीतिक प्रतिशोधको जस्तो देखिन्छ भने रास्वपाले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

प्रवास नेपाली सम्पर्क विभाग कुवेतको प्रेस विज्ञप्ति यस्तो छ:-

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...