News Portal

रामजी खाणलाई मोडल करिश्मा ढकालको रुप बत्ति बाले झैँ लागेपछी.. (भिडियो सहित)

हिमाली संचार संवाददाता
१५४६ पटक

राजु बोहरा
काठमाडौँ : नेपाली लोक गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोक दोहोरी गीत “बत्ती बाले झै” सार्बजनिक भएको छ । घनश्याम रीजालको शब्द तथा रामजी खाणको लयमा रहेको गीतमा गायक खाण र नीरू श्रीषको नै सुमधुर आवाज रहेको छ ।

अहिलेका ब्यस्त निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई  करन चैंसिरको छायांकन तथा प्रबीन भट्टले सम्पादन गरेका छन् । गायक तथा मोडल राम्जी खाण, करिश्मा ढकाल, सरिश्मा मगर र रितु तामाङलाई यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्य सहितको अभिनयमा देख्न सकिन्छ ।

ग्यालेक्सी म्यूजिक प्रा.लि ले बजार ब्याबस्थापन गरेको गीतको म्युजिक भिडियोलाई ग्यालेक्सी म्यूजिक नेपालको आफिसियल युट्यूब च्यानाला मार्फत सार्बजनिक गरिएको छ ।

फुलले तिम्लाई के भन्छ,
म भन्दा राम्री छे भन्छ

मान्छे राम्री छेउ बत्ती बाले झै,
बोली झनै मिठो चीनी हाले झै ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...