News Portal

बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिना कहिलेसम्म भारतको पाहुना ?

हिमालीसंचार संवाददाता
३०३ पटक

एजेन्सी। करिब अढाई महिनाअघि बंगलादेशको सत्ता छाडेर भारततिर पलायन भएर शेख हसिना सेनाको विमानबाट दिल्लीनजिक भारतीय वायुसैनिक अखडामा ओर्लिएकी थिइन्।

त्यसपछि उनी सार्वजनिक रुपमा देखिएकी छैनन्। सामाजिक सञ्जालमा पनि उनका कुनै तस्वीर आएका छैनन्। दिल्ली पुगेपछि हसिना र उनीसँगै रहेकी बहिनी शेख रिहाना कहाँ र कस्तो अवस्थामा छन् भन्ने केही जानकारी छैन।

यद्यपि भारतले गत शुक्रवार हसिना अहिले पनि भारतमै रहेको जानकारी औपचारिक रुपमै दियो। शेख हसिना संयुक्त अरब इमिरेट्स या मध्य पूर्वको कुनै देशमा जाने विषय पूर्ण रुपमा निराधार रहेको उल्लेख गर्दै भारतले पनि उक्त कुराको पुष्टि गरेको बेलायती सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।

कहिलेसम्म भारतमा पाहुना ?

हसिनाको मामिलामा भारतले पूर्ण गोपनीयता कायम गर्दै मौन बसेको छ तर उनलाई कति दिनसम्म भारतमा ‘पाहुना’ राख्ने भन्ने स्पष्ट भएको छैन।

साउथ ब्लकका एक शीर्ष अधिकारी भारतले हसिनालाई लामो समयसम्म बस्ने अनुमति दिन विस्तारै विस्तारै मानसिक रुपमा तयार भइरहेको धारणा राख्छिन्। ‘यो एउटा लामो यात्रा हुने देखिन्छ‚’ उनले भनिन्।

धेरै वर्षअघि जसरी तिब्बती धर्मगुरु दलाई लामा र अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई सपरिवार राजनीतिक शरण दिइएको थियो, शेख हसिनाका सम्बन्धमा पनि त्यस्तै हुनसक्छ ? भन्ने प्रश्न उठ्छ।

भारतको नजरमा उनी तत्कालका लागि एउटी सम्मानित अतिथि हुन् जो, विशेष परिस्थितिमा बाध्यताले दिल्ली पुगिन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...