News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्तिक ०५ गते सोमबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    १९६७ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक ०५ गते सोमबार || ई.सं.२०२४ अक्टोबर २१ तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आजको दिन केही चुनौतीहरू देखिन सक्छन् । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्ने योग छ । रसरागमा आकर्षण रहला । इष्टमित्रको सहयोगले केही काम बन्ने देखिन्छ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । यात्रामा धनमाल हराउन सक्ने योग छ, सचेत रहनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । समस्यामा आफन्तजन तपाईंको सहयोगी बन्नेछन् ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रोम सम्बन्धमा प्रगाढता आउने देखिन्छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ भने व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुपक्ष परास्त होलान् । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भाग्यबल बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग रहेकोले सचेत भइ व्यवहार गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    दौडधुप र केही जोखिम बढ्नेछ । अधिकार सुरक्षित गर्न जुट्नुपर्ने समय छ । शोख पूरा गर्नमा केही खर्च बढ्ला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने बेला छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कार्यमा कीर्तिमानी सफलता दिलाउन सक्छ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुन सक्छ । धेरैले तपाईंका कामको तारिफ गर्लान् । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । शुभता वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आजको दिन बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग भएकोले विशेष सचेतनाको आवश्यकता छ । रोकिएको काम विशेष प्रयास वा मिहिनेतले बन्नेछ । आरोग्यता रहनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यस्तता बढ्नेछ । आश मारेको कामले उत्साह जगाउनेछ, तर कार्यसफलताका लागि गोपनीयतामा विशेष ध्यान दिनुपर्नेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला । साथीभाइको सहयोग प्राप्त भइ पराक्रम बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    दिन उत्साहपूर्ण रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदा होला । आरोग्यता र पराक्रम बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    चुनौती बढ्ने दिन भएपनि पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । प्रतिभाको कदर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि भइ काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मिठो भोजन प्राप्त होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

    काठमाडौँ। दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक...

    शेरबहादुर–गगन सम्बन्धको अर्थ, शेखर के गर्दैछन् ?

    काठमाडौं। कांग्रेस महामन्त्री गगन थापा अहिले पनि नेता शेखर कोइराला क्याम्पका नेता भनी टिप्पणी गरिन्छ।...

    तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

    बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा...

    कार्तिक ०६ गते मंगलबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार || २०२४ अक्टोबर २२ तारिख || नेपाल सम्बत...

    कंचनपुरको बेलौरीमा संयुक्त वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

    कञ्चनपुर, ०५ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा...