News Portal

कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकाप्रति गृहमन्त्री फायर, तत्काल फिर्ता बोलाउने गृहकार्य

हिमालीसंचार संवाददाता
५१६ पटक

काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ।

लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ। देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन्।

उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाईं लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरुपनि पोखरामा नै भेला भएका छन्।

कास्कीको सुरक्षा अवस्था संवेदेनशील बनेको छ। प्रहरीपनि ठूलो मात्रामा परिचालित छ। कास्कीको प्रशासनिक कमाण्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमाण्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन्।

पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन्। एसपी ओलिया भने हालै कास्की पुगेका हुन्। अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन्।

रविलाई आज म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निश्कर्ष छ। गृहमन्त्री रमेश लेखकले रविलाई अदालत परिसरभित्रै खुला रुपमा बोल्न दिईएकोमा फायर छन्।

जहाँ लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोख्नुको साथै ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेताको संज्ञा दिएका थिए। यो विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समन्वय गरेका छन्।

गृह मन्त्रालयनिकट उच्च स्रोतकाअनुसार कास्कीका प्रहरी प्रमुख ओलियालाई तत्कालै काठमाडौं तान्नेगरि तयारी भएको छ। सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु-व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निश्कर्षमा गृह प्रशासन पुगेको छ।

उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ। प्रधानमन्त्री ओली आज पार्टीको सचिवालय बैठकमा व्यस्त भएकोले थप निर्णय लिन ढिलाई भएपनि भोलिसम्म यसबारेमा निर्णय लिईसक्ने गृहमन्त्री लेखकको तयारी छ।

पाण्डे त लामिछाने गृहमन्त्री भएको बेलामा गत जेठमा नै गृहमन्त्रालयमा कार्यररत रहँदा नै कास्कीको सिडिओ बनेर पुगेका थिए। उनी चितवनका स्थायीवासी हुन्। चितवन लामिछानेको निर्वाचत क्षेत्र हो।

रविले चितवन–२ बाट चुनाव जितेका हुन्। जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...