News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकाप्रति गृहमन्त्री फायर, तत्काल फिर्ता बोलाउने गृहकार्य

    हिमालीसंचार संवाददाता
    ३७१ पटक

    काठमाडौं। सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि कास्की देशकै राजनीतिको इपिसेन्टर बनेको छ।

    लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर कास्की लगिएपछि नै राजनीतिको मुख्य केन्द्र बनेको छ। देशभरिका मिडिया यतिवेला पोखरा केन्द्रित भएका छन्।

    उता, आफ्नो सभापति पक्राउ परेपछि राजनीतिक प्रतिशोधको विरुद्धमा लडाईं लड्ने भन्दै रास्वपाका मुख्य नेतादेखि कार्यकर्ताहरुपनि पोखरामा नै भेला भएका छन्।

    कास्कीको सुरक्षा अवस्था संवेदेनशील बनेको छ। प्रहरीपनि ठूलो मात्रामा परिचालित छ। कास्कीको प्रशासनिक कमाण्ड सिडिओ भरतमणि पाण्डे र सुरक्षाको कमाण्ड एसपी श्यामबाबु ओलियाले सम्हालेका छन्।

    पाण्डे गत जेठबाट नै कास्कीको सिडिओको रूपमा कार्यरत छन्। एसपी ओलिया भने हालै कास्की पुगेका हुन्। अहिले सिडिओ पाण्डे र एसपी ओलिया केन्द्र सरकारको निगरानीमा परेका छन्।

    रविलाई आज म्याद थप गर्न जिल्ला अदालत लैजाने क्रममा सुरक्षा कमजोरी भएको केन्द्र सरकारको निश्कर्ष छ। गृहमन्त्री रमेश लेखकले रविलाई अदालत परिसरभित्रै खुला रुपमा बोल्न दिईएकोमा फायर छन्।

    जहाँ लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोख्नुको साथै ओलीलाई भ्रष्टाचारको जगमा उभिएको नेताको संज्ञा दिएका थिए। यो विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि समन्वय गरेका छन्।

    गृह मन्त्रालयनिकट उच्च स्रोतकाअनुसार कास्कीका प्रहरी प्रमुख ओलियालाई तत्कालै काठमाडौं तान्नेगरि तयारी भएको छ। सिडिओ पाण्डेले पनि जिल्लाको शान्ति तथा सु-व्यवस्था कायम राख्ने सवालमा नेतृत्वदायी भूमिका खेल्न नसक्ने निश्कर्षमा गृह प्रशासन पुगेको छ।

    उनलाई पनि एसपी ओलियासँगै फिर्ता बोलाउनेगरि गृहकार्य भएको छ। प्रधानमन्त्री ओली आज पार्टीको सचिवालय बैठकमा व्यस्त भएकोले थप निर्णय लिन ढिलाई भएपनि भोलिसम्म यसबारेमा निर्णय लिईसक्ने गृहमन्त्री लेखकको तयारी छ।

    पाण्डे त लामिछाने गृहमन्त्री भएको बेलामा गत जेठमा नै गृहमन्त्रालयमा कार्यररत रहँदा नै कास्कीको सिडिओ बनेर पुगेका थिए। उनी चितवनका स्थायीवासी हुन्। चितवन लामिछानेको निर्वाचत क्षेत्र हो।

    रविले चितवन–२ बाट चुनाव जितेका हुन्। जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...