News Portal

“भ्रष्ट एमालेलाई रु.१ सहयोग” भन्दै विरोध प्रदर्शन

हिमालीसंचार संवाददाता
२१५ पटक

काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले भ्रष्ट एमालेलाई रु.१ सहयोग भन्दै विरोध प्रदर्शन गरेको छ।

नेकपा एमालेको पार्टी कार्यालय निर्माणको लागि रु.१ सहयोग सङ्कलन भन्दै अखिल क्रान्तिकारीले आइतबार नेपाल ल क्याम्पस अघि साङ्केतिक विरोध प्रदर्शन गरेको हो।

उक्त प्रदर्शनीमा एमाले पार्टी कार्यालय निर्माण गर्न आम जनताबाट प्रतिकात्मक रूपमा रु.१ उठाइएको छ।

प्रदर्शनकारीहरूले ‘भू माफिया प्रधानमन्त्री केपी ओली’, ‘भ्रष्ट एमालेलाई रु. १ सहयोग’, ‘तपाई जनताको प्रधानमन्त्री की भ्रष्ट व्यापारीको ?’, ‘महाकाली सम्धीले अझै पुगेन प्रधानमन्त्री ज्यु, कति भ्रष्टाचार गर्छौ ?’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका छन्।

भाटभेटनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाइदिने भनेपछि अखिल क्रान्तिकारीले कमिसनमा मोलाहिजा भएको भन्दै विरोध जनाएको हो।

प्रतिकृया दिनुहोस्

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...