News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कार्तिक ०४ गते आईतबारको तपाईको आजको राशिफल

    हिमालीसंचार संवाददाता
    ४४८ पटक

    आज मिति वि.सं.२०८१ कार्तिक ०४ गते आईतबार || सन् २०२४ अक्टोबर २० तारिख || नेपाल सम्बत ११४४

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहने समय छ । सबल स्वास्थ्यको लागि खानपानमा ध्यान राख्नुहोला । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । चरित्रसम्बन्धी आरोप आउन सक्ने भएकोले विपरितलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । कहीँ टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    धर्मकर्ममा आकर्षण बढ्ने समय भएपनि माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । पढाइलेखाइमा अवरोध आउने छ भने आजको कुनै निर्णय खराब हुनसक्छ । महत्वपूर्ण काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । विगतको श्रमबाट भने लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न उपहार प्राप्त हुने योग छ तर खर्चका बाध्यताहरू आइपर्न सक्छन् । आजको दिन नगद सरसापटी नगरेकै उचित हुनेछ । बलभन्दा बुद्धिको काममा जोडदिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । नयाँ काममा जोखिम देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै काम बन्ने समय छ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुन सक्छ । धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनियतामा एकदमै सावधान रहनु पर्ला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आजको दिन मिश्रित फलदायी रहला । घर तथा सवारी साधन जोड्ने अवसर मिल्ने योग छ भने व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त होला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । सोचेको समयमा कार्य सम्पादन गर्न भने नसकिने देखिन्छ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्ला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग हुनाले खानपानमा एकदम सजक रहनुहोला । महत्वपूर्ण काममा गोपनियता अपनाउनुहोला । भुलेका मित्रहरुले सम्झनेछन्, तर आज कसैसंग विवाद पनि पर्न सक्छ । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । प्रेमभाव बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिनसक्ने समय भएकोले मन चिन्तित बन्न सक्छ, धैर्य राख्नुहोला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्ने देखिन्छ । सहयोगीहरू टाढिन सक्छन् । दम्पतिबीच विवाद बढ्न सक्छ । तथापि, प्रेमी–प्रेमिकाबीच बन्धन कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । आजको दिन योजना र बजेट बनाएर मात्र खर्च गर्नु बेस होला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यस्तता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्, तर काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । धन आर्जन हुने योग छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आजको दिन बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्ने योग छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सचेत रहनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । सन्तान वा प्रशंसकहरूले प्रसन्नता दिलाउनेछन् । समस्यामा नियमकानूनले साथ दिनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने खालको समय छ । प्रेम प्रसङ्ग अघि बढ्दा अध्ययन कार्यमा केही असर पर्न सक्ने देखिन्छ, सचेत रहनुहोला । स्वास्थ्यसम्बन्धी समस्या सामान्यरूपमा बढ्ने देखिन्छ । विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    स्वास्थ्यसम्बन्धी समस्या बढ्ने देखिन्छ । आर्थिक कारोबारमा पनि समस्या आउने समय छ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास भने सजिलै जित्न सकिएला । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । आफन्तको साथले काममा सफलता मिल्नेछ ।

    राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

    प्रतिकृया दिनुहोस्

    फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

    काठमाडौँ। दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक...

    शेरबहादुर–गगन सम्बन्धको अर्थ, शेखर के गर्दैछन् ?

    काठमाडौं। कांग्रेस महामन्त्री गगन थापा अहिले पनि नेता शेखर कोइराला क्याम्पका नेता भनी टिप्पणी गरिन्छ।...

    तिहारलाई कोसेली कर्णालीको ‘अग्र्यानिक’ स्याउ

    बाँके। कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा...

    कार्तिक ०६ गते मंगलबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ कार्तिक ०६ गते मंगलबार || २०२४ अक्टोबर २२ तारिख || नेपाल सम्बत...

    कंचनपुरको बेलौरीमा संयुक्त वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

    कञ्चनपुर, ०५ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ र २ को संयुक्त आयोजनामा...