News Portal

केपी ओली सरकारले गरिबलाई दोहोरो चरित्र देखायो

हिमाली संचार संवाददाता
६०९ पटक

काठमाडौं : झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकारले विपन्न गरिब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा दोहोरो चरित्र देखाएको छ ।

आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई लत्याएर सरकारले आफू निकटलाई करोडौं रुपैयाँ वितरण गरेको छ । यसअघि कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका गगन थापाले उपचार खर्चको आर्थिक सहायता वितरणका लागि कार्यविधि बनाएका थिए । कांग्रेसले बनाएको त्यो कार्यविधि कम्युनिस्टको सरकारले लत्याएको छ ।

विपन्न, गरिब र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपियाँ पनि पाउन सकेका छैनन् । राजनीतिक अवस्थामा शक्तिकेन्द्रमा पहुँच भएकाले २ देखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता लिएका छन् ।

केपी ओलीले नेतृत्व गरेको सरकारले गत ८ महिनाको अवधिमा आफू निकटका सयौं व्यक्तिलाई ५ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेकर्डमा देखिएको छ । सामान्य नागरिकले उपचारका नाममा आर्थिक सहायता माग्दै गृह मन्त्रालयमा बुझाएका ५ हजार निवेदन भने ८ महिनादेखि अलपत्र छन् ।

‘माथिको आदेश’ भन्दै प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीलाई उपचारका लागि ७ लाख रुपियाँ आर्थिक सहायता दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको छ । अधिकारीले प्रदेश ४ सरकारबाट उपचारबापत यसअघि नै ४ लाख ९७ हजार रुपैयाँ बुझिसकेका छन् ।

पछिल्लोपटक मन्त्रिपरिषद्ले ‘सोर्सफोर्स’ कै आधारमा झापा दमकका नर्मदा शिवाकोटीलाई १० लाख, तेह्रथुमका वीरबहादुर थापालाई १० लाख, झापाका नरेन्द्र मेचेलाई ५ लाख, सप्तरीका जीवनाथ आचार्यलाई ३ लाख, झापाकै सूर्यकुमार खड्कालाई ३ लाख, ललितपुरका सीता तामाङलाई ५ लाख, इलामका नोवल केसीलाई ७ लाख र पर्साका मेघराज निषाधलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मिडियाडबली

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...