News Portal

सभापति रवि पक्राउ सरकारको कुण्ठा र प्रतिशोध : मनिष झा

हिमालीसंचार संवाददाता
२८२ पटक

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ। शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए।

सहकारीकाे रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो।

सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको उनले बताए।

एउटामा मात्र लक्षित हुँदै गर्दा, यो क्षेत्रगत समस्यामा सरकारको प्राथमकिता छैन, यो एउटा कुण्ठा हो, प्रतिशोध हो’, उनले भने, ‘यो त १ प्रतिशत पनि होइन, ९९ प्रतिशतको किन चर्चा गर्नुहुन्न ?’

रविलाई पक्राउ गरेर प्रधानमन्त्रीले आफ्नो कुण्ठा मात्र पोखेको सहप्रवक्ता झाले बताए। सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए।

समग्रमा हामी कानुनी रुपमा सहयोग गर्न तयार छौं, प्रहरीलाई सहयोग गर्छौं, अदालतलाई सहयोग गर्छौं, तर त्यहाँ कुनै सुनियोजित रुपमा बदमासी भयो भने हामी चुप लागेर बस्दैनौं’, सहप्रवक्ता झाले बताए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...