News Portal

  • सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सूरू

    हिमालीसंचार संवाददाता
    २१६ पटक

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूरु भएको छ।

    सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन्।

    प्रदर्शनका लागि पोखराको मानवअधिकार चोकमा मानिसहरु जम्मा भैरहेका छन्। साथै सहकारी ठगीमा प्रत्यक्ष जोडिएका नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पक्राउ माग गर्दै नाराबाजी समेत गरेका छन्।

    भर्खरै सूरु भएको प्रदर्शन प्रहरी कार्यालयसम्म पुग्ने जनाइएको छ। रास्वपाले पोखरा सहित काठमाडौँ, चीतवन तथा देशका मुख्य ठाउँहरुमा प्रदर्शन गर्ने जनाएको छ।

    साथै विभिन्न जिल्ला विहानैबाट लामिछाने पक्राउको विरोधमा प्रदर्शन भैरहेका छन्। पोखरामा प्रहरीले निकै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

    काठमाडौँमा भने दिउसो १ बजेबाट प्रदर्शन हुने रास्वपाका नेताहरुले जनाएका छन्। शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए।

    मुग्लीन बजारमा प्रदर्शनमा उत्रिएका समर्थकहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो। अहिले सामाजिक संजालमा समेत रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध भैरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...