News Portal

१५औँ महाधिवेशनमा सभापतिमा उठ्छु : डा.शेखर कोइराला

हिमालीसंचार संवाददाता
२२३ पटक

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १५औँ महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन्।

विराटनगरस्थित कोइराला निवासमा आज मधेस प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले भने, “अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्।”

नेता कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भनेजति काम गर्न नसकेको स्वीकार गरे।

उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे।

२०८२ मङ्सिर भित्रै पार्टीको महाअधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धरासयी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...