News Portal

दल विभाजनको अध्यादेश ल्याउने तयारी, आकस्मिक मन्त्रिपरिषदले के गर्ला ?

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशबारे प्रस्ताव जाने सम्भावना रहेको छ।

तत्कालका लागि नेपाली कांग्रेस यस अध्यादेशमा सहमत छ या छैन भन्ने विषयको टुङ्गो लागेको छैन।

यस्तो प्रस्ताव गृहमन्त्रालयबाट जानुपर्ने भएकाले कांग्रेस सभापति शेरबहादुर देउवानिकट रमेश लेखकले के गर्छन् भन्नेमा भर पर्नेछ।

उच्च स्रोतले भन्यो,‘देउवाको सहमति भएको खण्डमा दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनेगरी मन्त्रिपरिषदले निर्णय गर्न सक्छ। तर, कांग्रेस अझै स्पष्ट खुलिनसकेका कारण यो सम्भावित मात्र छ।’

यस्तो अध्यादेश आउन सक्ने भएपछि प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित रास्वपा अनि सत्ता पक्षीय साना दल नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि बैठकमा जुटेका थिए।

उक्त बैठकमा यस विषयमा चर्चा भएको थियो।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...