News Portal

रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ?

हिमालीसंचार संवाददाता
३१६ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ।

रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भएपनि पूर्वाग्रही व्यवहार स्वीकार्य नहुने बताए।

उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ। उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ। यस्तै टाइम पार्ने हो उहाँहरूले। हामी फेस गर्न तयार छौं।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए।

उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो। गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ। तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन।’

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए। तर, राजनीतिक आग्रह-पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ।

‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं। हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भने।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...