News Portal

कार्तिक २ गते शुक्रबारको तपाईको आजको राशिफल

हिमालीसंचार संवाददाता
११३४ पटक

आज मिति वि.सं.२०८१ कार्तिक २ गते शुक्रबार || ई.सं.२०२४ अक्टोबर १८ तारिख || नेपाल सम्बत ११४४

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने र धैर्यले काम लिने समय छ । केही चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आजको दिन सन्तान एवम् अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभता वृद्धि हुनेछ । समय उत्साहवर्द्धक एवम् मनोरञ्जनपूर्ण रहला । व्यापार–व्यवसायमा विशेष लाभ लिन सकिनेछ । पितृधनसमेत लाभ हुने योग छ । नयाँ व्यवहारिक ज्ञानप्राप्ति होला । व्यावसायिक यात्राको सम्भावना छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुनेछन् । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । आजको दिन प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । विशेष कार्यको प्रयत्न गर्दा गोप्यतामा ध्यान दिनु हितकर हुनेछ । शत्रुपक्ष कमजोर रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दौडधुप बढ्नेछ । आजको दिन सहयोगीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौतीका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कमजोरीलाई सुधार गर्दै कार्यगति बढाउने दिन छ । कृषि तथा पशुपालनमा खास लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यसफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साहस र सुख वृद्धि हुने समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने अवसर जुर्नेछ भने रोकिएका काम सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । पशुपालन तथा कृषिक्षेत्रबाट भने सामान्यमात्र लाभ प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । तर, स्वास्थ्यगत कमजोरी महसुस भएपनि आज जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । लेनदेनमा विवाद आउने योग छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यस्तता बढ्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । प्रयास गर्दा रोकिएका काम बन्नेछन् भने नयाँ काममा अघि बढ्ने योग छ । केही मात्रामा खर्च बढ्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषिकर्म र चौपायाको व्यवसायमा रहनेका लागि लाभप्रद दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्नेतर्फ सचेतना रहनु हितकर होला । रोकिएको काम मिहिनेतले बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आरोग्यबल र प्रेमभाव बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ । आज उत्साहमा केही कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद र समृद्ध बन्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा केहीमात्र फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले समस्या थपिने देखिन्छ, सचेत रहनुहोला । तथापि, नियमकानूनले तपाईंलाई नै साथ दिनाले समस्याको समाधान मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा केही कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि, काममा सफलता मिल्नेछ । कुनै अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायबाट खास लाभ उठाउन नसकिने देखिन्छ । चुनौतीका बाबजुद प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्न सक्छ । रचनात्मक कार्यमा गति बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न अवसले पछ्याउने दिन छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ । काममा केही चुनौती देखिए पनि धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने योग छ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...