News Portal

दूतावासको काम श्रमिकको समस्याको समाधान गर्ने कि फिल्म प्रचारप्रसार गर्ने ?

हरि बानियाँ
४९५ पटक

कुवेत – नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर विवादित भएको देखिन्छ। साउदी अरबमा  रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खाेलेकाे नेपाली दुतवास साउदीले यतिबेला नेपाली फिल्मकाे बिज्ञापन गरेर विवादित भएको देखिन्छ।

दूतावासकै आधिकारिक फेसबुक पेजमा फिल्मको प्रचारप्रसार गरेपछि नेगेटिभ कमेन्ट ९८% देखिन्छ। साउदी अरब नेपाली दूतावासले आफ्नो फेसबुकको आधिकारिक पेजबाट अक्टोबर १७ बाट साउदी अरबको विभिन्न शहरमा नेपाली चलचित्र छक्का पञ्जा एकैसाथ प्रदर्शन हुने छ भनेर विज्ञापन छ ?

नेपाली दूतावास साउदी अरबले फिल्म प्रचारप्रसार गरेर के राम्रै काम गरेको हो त भनेर जनमानसमा एउटा प्रश्न चिन्ह खडा भइरहेको छ।

कतिपयले त कमेन्टमा यस्तो भनेका छन् नेपालीको समस्याको समाधान गर्न नसक्ने तर आफ्नो दूतावासको आधिकारिक पेजबाट फिल्म हेर्न आउ भनेर साउदी अरबमा रहेको नेपालीलाई सूचना दिने साउदी स्थित नेपाली दूतावास साउदीले काम कारबाही माथि नै पब्लिकको एउटा प्रश्न चिन्ह खडा भएको छ।

श्रमिकको समस्याकाे आवाज उठाउने एउटा नेपाली दूतावासले व्यवसायिक रुपमा चलेको फिल्मको प्रचारप्रसार गर्नु नै एउटा दुर्भाग्य हो।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...